झापा, फागुन २ । झापाको बाहुनडाँगी घर भई रोजगारीका लागि कतार पुगेकाहरुको साझा संस्था बाहुनडाँगी प्रवासी समाज कतारको अध्यक्षमा रबिनराज काफ्ले चयन हुनु भएको छ । शुक्रबार कतारस्थीत प्लाजा मलको सि किचनमा सम्पन्न समाजको साधारण सभाले अध्यक्षमा काफ्ले सहित प्रथम उपाध्यक्षमा भुपेन्द्र भारती, द्वितीय उपाध्यक्षमा मौसम घिसिङ, महासचिवमा सन्देश नेपाल, कोषाध्यक्षमा ललित राउत, सह–कोषाध्यक्षमा रोमन रिजाल, सचिवहरूमा डम्बर कार्की र प्रबिन भण्डारी तथा महिला सचिवमा सारु दासलाई चयन गरेको कतारबाट समाजका नवनिर्वाचित सचिव प्रविन भण्डारीले जानकारी दिनुभयो ।
समितिको सदस्यहरुमा कविराज अधिकारी, दिवश भुजेल, दीपक हुमागाई, आप्सरा पौडेल, संगम नेपाल, साहिल कार्की, रेघन थापा, विष्णु दाहाल, राकेश राउत, सान्ध्या भण्डारी, अजिता काफ्ले र पुजन कार्की चयन हुनुभएको छ ।
केशवराज कार्कीको प्रमुख आतिथ्यतमा सम्पन्न साधारण सभामा समाजका संस्थापक अध्यक्ष देवेन्द्र बास्कोटा, निवर्तमान अध्यक्ष किशना कार्की लगायतको उपस्थिति रहेको भण्डारीले जानकारी दिनुभयो । नेपाली समुदायको उल्लेख्य सहभागितामा सम्पन्न साधारण सभा नेपाली सास्कृतिक कार्यक्रम समेत भव्य रुपमा प्रस्तुत गरिएको सचिव भण्डारीले जानकारी दिनुभयो ।