धुलाबारी, कार्तिक २२ । झापाको धुलाबारी जेसीजका पुर्व अध्यक्षहरुले स्थापना गरेको विभिन्न अक्षयकोषमार्फत झापाका फरक फरक विधाका ८ जनालाई सम्मान गरिएको छ । शनिवार धुलाबारीमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्रदेस सभा सदस्य गोपाल तामाङले बिभिन्न विधामा उत्कृष्ट व्यक्तित्वहरुलाइ नगद र प्रमाण पत्र सहित सम्मान गर्नु भएको हो ।
पुर्व अध्यक्ष लीलाप्रसाद भण्डारीले स्थापना गरेको स्वःलोकनाथ भण्डारी स्मृति अक्षय कोषबाट मेचीनगरका बिशाल राई नगद ११ हजार राशिसहित उत्कृष्ट युवाको रुममा सम्मानित हुनु भएको हो । फुटबलका पुर्व राष्ट्रिय खेलाडी तथा खेल प्रशिक्षक राइ बाहुनडाँगी निवासी हुनुहुन्छ ।
अर्का पुर्वअध्यक्ष केशब पोखरेलले स्थापना गरेको मुरारी झलका अक्षय कोषबाट उत्कृष्ट शिक्षासेवीको रुपमा लिला खनाललाइ नगद १५ हजार सहित सम्मान गरिएको छ । लामो समयसम्म शिक्षण सेवा गर्नु भएका खनाल दमक नगरपालिका निवासी हुनु हुन्छ ।
त्यस्तै उक्त कार्यक्रमकैबीच पुर्व अध्यक्ष सुभाष रिजालबाट स्थापना भएको स्वः दाताराम शर्मा रिजाल स्मृति अक्षय कोषबाट सामुदायिक विद्यालयतर्फ कक्षा १२ विज्ञान समुहमा जिल्ला मै उत्कृष्ट नतिजा ल्याउन सफल सुप्रभाव बिक्रम पराजुलीलाइ नगद ११ हजार राशि सहित सम्मान गरिएको छ । बिर्तामोड निवासी खनालले मोहनमाया माद्यमिक विद्यालयबाट कक्षा १२ पुरा गर्नु भएको हो । सोहि अक्षय कोष मार्फत पुर्व अध्यक्ष पुनित कुमार बंशलले थप गर्नुभएको रकमबाट मेचीनगर नगरपालिका भित्रका सामुदायिक विद्यालय तर्फ कक्षा १२ व्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउने धुलाबारी माविका विद्यार्थी सन्ध्या कट्टेल नगद ६ हजार सहित सम्मानित हुनु भएको छ ।
त्यस्तै पुर्व अध्यक्षहरु नारायण खनाल र सागर खनालबाट स्थापना भएको स्वः पशुपति खनाल स्मृति अक्षय कोषबाट जेहेन्दार विद्यार्थीद्वय संगीत बिष्ट र लबिन राजबशीं समानित भएका छन । धुलाबारी माविमा अध्ययन गरिरहेका दुवै विद्यार्थीलाइ जनही ११ हजार राशि सहित सम्मान गरिएको हो ।
पुर्व अध्यक्ष राजिब प्रसाइबाट स्थापना भएको स्व।भोटुलाल स्मृति अक्षय कोषबाट उत्कृष्ट कृषक तर्फ बुद्धिनाथ निरौला र उत्कृष्ट खेलाडी तर्फ रुबिना क्षेत्रीलाइ सम्मान गरिएको छ । मेचीनगर १० निबासी निरौला लामो समय देखि कृषि व्यवसाय गर्दै आइरहनु भएको छ भने क्षेत्री नेपाली महिला क्रिकेट टिमकी पुर्व राष्ट्रिय कप्तान तथा वर्तमान खेलाडी हुनु हुन्छ । उनीहरुलाइ जनही १० हजार सहित सम्मान गरिएको छ ।
धुलाबारी जेसिजका अध्यक्ष मनोज ढकालको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा बिशेष अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेस राजबशी, पुर्व अध्यक्ष तेज प्रसाद चौलागाइलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सम्मान कार्यक्रम धुलाबारी जेसीजका पुर्व अध्यक्ष रबिन्द्र पाठक र जनसम्पर्क अधिकारी श्याम शिवाकोटीले सयुक्त सन्चालनमा सम्पन्न भएको थियो ।