झापा, फागुन २८ । झापा मेचिनगर १२ नयाँ वस्तिका ३५ बर्षिय युवा भरत कार्कीको क्रोएसियामा भएको सडक दुर्घट्नामा परी मृत्यु भएको छ ।
उक्त दुर्घट्नामा परी सल्यानका ३२ बर्षे युवा भुवन विकको समेत करीब एक महिनाअघि निधन हो l
चुनावको समयमा न उम्मेदवार , न दल, न सरकार, न मिडिया कसैले पनि यो घट्ना थाहा नपाएका कारण घट्नाका बारेमा ढिलो गरी सार्वजनिक भएको छ ।
आज नेपाली काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले गैह्र आवासीय नेपाली महासंघ क्रोएसियाका अध्यक्ष साइमन तामाङलाई टेलीफोन सम्पर्क गरेर दुर्घटनाको विवरण लिए पछि मात्रै घट्ना सार्वजनिक भएको हो l
काँग्रेस उपसभापति शर्माले तामाङलाई टेलिफोन गरेर भन्नुभयो, `यता मन्त्रालयमा हामी पहल गर्छौं, त्यता दूतावास र कम्पनी समन्वय गर्न आग्रह गर्दछु ।´
मृत शरीर नेपाल ल्याउन एकजनाको करीब ६ हजार युरो अर्थात नेपाली करीब दस लाख लाग्ने बुझिएको छ l
बोस्नियामा काम गर्ने नेपाली युवाहरूसँगै घुम्न क्रोएसिया गएका अर्का एक पाकिस्तानी युवाको पनि त्यही दुर्घटनामा मृत्यु भएको छ l अर्का एक घाइतेको उपचार स्थानीय अस्पतालमा जारी रहेको बताईएको छ ।