झापा, फागुन २६ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । आज विहान ६ बजेसम्म एक करोड दुई लाख मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म गणना भएको मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै अग्रता कायम गरेको छ । नेपाली काँग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी चौथो र श्रम संस्कृति पार्टी पाँचौं स्थानमा छन ।
अहिलेसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ४९,२४,७४३ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६,६६,७९६ मत पाएको छ । त्यस्तै नेकपा एमाले १३,८५,१४९, नेपाली कम्युनिस्ट पार्टी ७,४८,२५९, श्रम संस्कृति पार्टी ३,४६,७७६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,२१,९७६ मत पाएको छ ।
त्यसैगरी अन्य पार्टीहरु जसपा, नेपाल १,६८,२६६, राष्ट्रिय परिवर्तन पार्टी १,६४,३९३, जनमत पार्टी ७५,०९८, एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल / जनता समाजवादी पार्टी / नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६०,३५२, नेपाल मजदुर किसान पार्टी ४१,८३५, राष्ट्र निर्माण दल नेपाल ३६,९९३, राष्ट्रिय जनमोर्चा २९,१९७, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी / बहुजन एकता पार्टी नेपाल / नेपाल जनजागृति पार्टी) २७,२३४, नेपाल जनता संरक्षण पार्टी २६,८१४,प्रगतिशील लोकतान्त्रिक पार्टी २२,३१३, नेकपा (माओवादी) ले २३,२१४ मत पाएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन १९,०१७, सार्वभौम नागरिक पार्टी १४,०३५, एकल चिह्न मोबाइल (आम जनता पार्टी /जनादेश पार्टी नेपाल) १२,५२८, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ९,८७०, संयुक्त नागरिक पार्टी ८,४५३, स्वाभिमान पार्टी ७,१७०, नेपाल जनता पार्टी ६,९४५, राष्ट्रिय जनमुक्ति पार्टी ६,६६५, राष्ट्रिय एकता दल ६,७४८, नेकपा माले ५,५७६१, नेशनल रिपब्लिक नेपाल ५,००९, नेपालका लागि नेपाली पार्टी ४,७९१, नेकपा माक्र्सवादी पुष्पलाल ४,७०९, राष्ट्रिय गौरव पार्टी ४,६९८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,५२६, राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल ४,२२६, नेकपा संयुक्त ४,२९०, समावेशी समाजवादी पार्टी नेपाल ४,१०१ र गतिशील लोकतान्त्रिक पार्टीले ३,९८१ मत पाएको छ ।
प्रत्यक्ष तर्फ भने सबै १६५ क्षेत्रकै मतगणना सकिएको छ । प्रत्यक्ष तर्फ रास्वपाले १२५, काँग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन ।