डा. नवराज सुब्बा ।।
नेपाल सरकारले लागू गरेको इम्बोस्ड नम्बर प्लेट प्राविधिक दृष्टिले आधुनिक हुन सक्छ, तर भाषिक–सांस्कृतिक दृष्टिले गम्भीर प्रश्न उठाएको छ । सरकारले आफ्नो राष्ट्रभाषा नेपालीको देवनागरी लिपि पन्छाएर अंग्रेजी (Roman script) मात्र रोजेको छ ।
प्राविधिक सजिलोको कारण सरकारको दिएको तर्क बलियो छैन । भारत, चीन, जापान र खाडी मुलुकहरूले आफ्नै लिपि र Roman script मिसाएर प्रयोग गरेका छन्। नेपालले पनि सजिलै “dual script” अपनाउन सक्थ्यो। तर राज्यले सजिलोको नाममा आफ्नो लिपिलाई विस्थापित गर्यो।
नम्बर प्लेट केवल गाडी चिनाउने साधन होइन, सडकमा हरेक दिन देखिने राष्ट्रिय प्रतीक हो। जब त्यहाँ देवनागरी लिपि गायब हुन्छ, त्यो केवल भाषिक ह्रास होइन, आत्मसम्मानको लागि आघात पनि हो।
अझै ढिलो भएको छैन । सरकारले चाहेमा प्राविधिक समाधान गर्न सक्छ, किनभने यो सम्भव पनि छ— अर्थात् देवनागरीलाई फर्काउन सकिन्छ। हो, प्रविधि भाषा अनुकूल हुनुपर्छ, तर भाषालाई प्रविधिको अगाडि घुँडा टेकाउनु हुँदैन ।
स्मरण रहोस्, सजिलोको नाममा आफ्नो पहिचान बिर्सने राष्ट्र दीर्घकालमा कमजोर हुन्छ। नम्बर प्लेट विवादले हामीलाई एउटा प्रश्न छोडेको छ डा ।
कतै हामी कसैको सुनियोजित चालको गोटी पो बन्दै छौँ कि! शंका सर्वत्र छ । के हामी प्रविधिको दास बन्ने कि आफ्नो पहिचानका मालिक रहने ? यसमा सरकारको ध्यान जाओस् ।
डा. नवराज सुब्बाको फेसबुकबाट ।