आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली फुटबल टोली ढाका पूगेको हो ।
बंगलादेश जानेमा २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली रहेका छन् ।
२५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।
नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम छन् ।
केही सिनियर खेलाडीलाई कोरोना पोजेटिभ देखिएकाले यो पटक नेपाली टिममा धेरै नयाँ खेलाडीहरुले अवसर पाएका छन् ।