झापा, असार ९ । नेपाली काँग्रेसका सभापति गगन थापाले क्रियाशीय सदस्यता अध्यावधिक नगर्नेहरुलाई पार्टीको सिस्टमले नचिन्ने बताउनु भएको छ । मंगलबार झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस थापाले भन्नुभयो, ‘क्रियाशील अध्यावधिक नगर्ने तर काँग्रेस हुँ भन्नेहरुलाई अब काँग्रेसको सिस्टमले चिन्दैन ।’ क्रियाशील अध्यावधिक नभएका व्यक्रिहरुले काँग्रेसको १५ औं महाधिवेशनमा समेत सहभागि हुन नपाउने सभापति थापाले बताउनु भयो ।
अब काँग्रेसको केन्द्रीय समितिले प्रत्येक क्रियाशील सदस्यसंग सिधा सम्पर्क गर्ने सिस्टम तयार भएको थापाले बताउनु भयो । ‘अब चुनावमा उम्मेद्वार हुन नेताको पछि लाग्नु पर्दैन,’ थापाले भन्नुभयो, ‘तपाईको क्षेत्रका क्रियाशिल सदस्यलाई केन्द्रीय समितिले सिधै सोध्छ, कार्यकर्ताले जसलाई भन्छ उसैलाई उम्मेद्वार बनाउने प्रणाली लागू गर्छौ ।’
काँग्रेसको नेतृत्वले २०७२ साल पछिको समय सत्ताका लागि मात्रै खर्च गरेकाले पनि कार्यकर्ता र आम नागरिकतहमा नैराश्यता पलाएको सभापति थापाले बताउनु भयो । ‘२०७२ साल पछिको समयलाई बिर्सिर्नु पर्छ,’ थापाले भन्नुभयो, ‘अब जनताको घर घरमा पुग्नु पर्छ ।’

पार्टीको १५ औं महाधिवेशन गर्ने तर्फ ध्यान केन्द्रीत भएको थापाले बताउनु भयो । महाधिवेशन साझा रुपमा सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउनु आफु र केन्द्रीय समिति तयार रहेको सभापति थापाले बताउनु भयो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न उपसभापति विश्वप्रकाश शर्माले रास्वपाको महाधिवेशनले आफ्नै पार्टीका नेताहरुको सम्पत्तीको स्रोत खोच्ने बिषयमा समेत छलफल चलाउनु पर्ने बताउनु भयो ।
भेलामा काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदम्बे, कोशी प्रदेश सभापति उद्धब थापा, नेता डिना संग्रौला लगायतले काँग्रेस अब पछाडी फर्किन नसक्ने धारणा राखेका थिए । काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेला काँग्रेस झापाका सचिव नविन बिमलीको सञ्चालनमा सम्पन्न भएको थियो ।