झापा,पुष ३ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी हुनभएको छ । उहाँले १६६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत ल्याउनुभएको छ ।
त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ । एमालेको ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ १७३७ मत, विष्णुप्रसाद पौडेल १६७५ मत, रामबहादुर थापा १५१६ मत, गोकर्णराज विष्ट १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ ।
त्यसैगरी उपमहासचिवमा लेखराज भट्ट १४५२ मत, रघुवीर महासेठ १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी हुनुभएको छ ।
त्यसैगरी सचिवमा महेश बस्नेत १५४४ मत, छविलाल विश्वकर्मा १५०६ मत, पद्माकुमारी अर्याल १५३० मत, शेरधन राई १५०३ मत, हिक्मतकुमार कार्की १३३७ मत, खगराज अधिकारी १३३१ मत, यमलाल कँडेल ११८५ मत, राजन भट्टराई ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएको छ ।
१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । अन्तिम मतपरिणामा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।