झापा, भदौ ११ । नेपाल र वेस्ट इन्डिजबीचको टि २० क्रिकेट सिरीज आजदेखि सुरु हुदैंछ । तीन खेलको सिरीज युएईको सारजहाँ क्रिकेट मैदानमा हुनेछ । सिरीजको पहिलो खेल आज बेलुका नेपाली समय अनुसार ८ः१५ बजे सुरु हुनेछ ।
शुक्रबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा नेपाली टिमका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज बिरुद्ध राम्रो खेल प्रदर्शन गर्ने बताउनु भएको छ । श्रृंखलामा जित निकाल्ने गरी मैदानमा उत्रने कप्तान पौडेलले बताउनु भयो ।
वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालसंग खेल्न पाउँदा खुसी लागेको बताउनु भयो ।
नेपाल र वेस्ट इन्डिजको खेल तालिका
पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज) बेलुका ८ः१५
दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज) बेलुका ८ः१५
तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज) बेलुका ८ः१५
नेपालको टोलीः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।
वेस्ट इन्डिजको टोलीः अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर ।