मेचीनगर, वैशाख ३१ । झापाको मेचीनगर ७ स्थीत जोरसिमलमा आयोजित प्रथम निलसरी च्यालेन्ज कप फुटवल प्रतियोगिता २०८२ को उपाधि रेडहर्ष इलामले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुवै टिमले २–२ गोल गरे पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । आयोजकका राज क्षेत्री, अविनाश चौधरीले गोल गरेका थिए । अरुन मेचेको प्रहार निश्चल दनुवारले बचाए भने प्रदिप श्रेष्ठ, पुजन श्रेष्ठको प्रहार बाहिरिएको थियो । रेडहर्षका म्यागनेट लिम्बू, सविन मगर र सांगे शेर्पाले गोल गरे भने रोमन योगी, विवेक सुनामको प्रहार बाहिरियो ।
आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । खेलको २१ औँ मिनेट रेडहर्षका सांगे शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आयोजकको डिफेन्सको गल्तीको फाइदा उठाउँदै सांगे शेर्पाले उत्कृष्ट गोल गरेका थिए । आयोजकका लागि रोहित सुब्बाले बराबरी गोल फर्काएका थिए । अरुन मेचेको क्रस पासलाई सदुपयोग गर्दै हेडमार्फत रोहित सुब्बाले जाली चुमाए । निशान मुर्मुले इञ्जुरी समयमा गोल गर्दै टिमलाई २–१ का स्थितिमा र्पुयाएका थिए । डिबक्स नजिकैबाट निशानले गरेको प्रहारलाई विपक्षी गोलरक्षक निकेश पाण्डेले बचाउन सकेनन् ।
पहिलो हाफ २–१ ले अगाडि आयोजकलाई खेलको सकिन एक मिनेट समय बाँकी रहँदा रेडहर्षका सांङे शेर्पाले गोल गर्दै खेल बराबरी बनाएका थिए । प्रतियोगिताको विजेता रेडहर्ष इलामले २ लाख नगदसहित ट्रफी प्राप्त र्गयो भने उपविजेता आयोजकले १ लाख प्राप्त र्गयो ।

खेलको म्यान अफ द म्याच रेडहर्ष इलामका सांगे शेर्पा घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको बेष्ट गोलरक्षक आयोजकका विपिन चौधरी, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयर अरुन मेचे, बेष्ट मिडफिल्डर निशान मुर्मु, बेष्ट कोच डिकबहादुर धिमाल, हाइ स्कोरर उर्लाबारी एफसीका आशिष चापागाई, बेष्ट डिफेन्स इलामका विवेक सुनाम, बेष्ट स्ट्राइकर दिपेश राई घोषित भए । उनीहरुले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।
संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा मेचीनगर–७, का वडा अध्यक्ष प्रलादमणि ओली, वडा नं. १० वडा अध्यक्ष नारायण खनाल, वडा नं. २ वडाअध्यक्ष दिपक बराल, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचे, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीलगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष सुन्दर मेचेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सञ्जय मेचेले गरेका थिए ।