मेचीनगर, असार २५ । रोटरी क्लव अफ काकरभिट्टाको अध्यक्ष लक्ष्मीदेखि खनियाँले आजदेखि पदभार ग्रहण गर्नु भएको छ । मेचीनगरस्थीत होटल मेची क्राउनमा आज आयोजित पद हस्तान्तरण कार्यक्रमकाबीच निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले रोटरी कलर लगाएर र गाबल दिंदै खनियाँलाई पदहस्तान्तरण गर्नु भयो ।
अध्यक्ष खनियाँको सभापतित्व तथा रोटरी डिष्ट्रिक गर्भनर नोमिनी अमित गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले रोटरी क्लव अफ काकारभिट्टा सेवामूलक काममा अग्रणी स्थानमा रहेको बताउनु भयो । वहाँले क्लवको नेतृत्वमा काकरभिट्टामा निर्माणाधिन अवस्थामा रहेको “क्लक टावर” ले काकरभिट्टाको मात्रै नभएर पुरै देशभरका रोटरीयनहरुको प्रतिष्ठान बढाउने बताउनु भयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रोटरी क्लवसंग सहकार्य गरेर सामाजिक सेवाको काम गर्न नगरपालिका तयार रहेको बताउनु भयो । कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, रोटरी डिष्ट्रिक सेक्रेटरी लक्ष्मण ज्ञवाली, असिटेन्ट गर्भनर नविन गट्टानी, भारतस्थीत रोटरी क्लव अफ सिलिगुडी उत्तरायनका अध्यक्ष राजिव रञ्जन ओझा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले आफ्नो कार्यकालमा भए गरेका कामहरुको विवरण प्रस्तुत गर्नु भएको कार्यक्रमकाबीच काकरभिट्टाको “क्लक टावर” निर्माणका लागि रोटरी क्लव अफ सिलिगुडी उत्तरायनका तर्फबाट दुई लाख भारतिय रुपैयाँ अर्थात तीन लाख २० हजार रुपैया हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लव अफ काकरभिट्टाकी पुर्व अध्यक्ष राधिका गुरुङले प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नोमिनी गिरीको परिचय गराउनु भएको कार्यक्रममा उपाध्यक्ष युवराज भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो । झापा र भारतको रोटरी क्लवका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ काकरभिट्टाका सचिव रबिन सुवेदीले गर्नु भएको थियो ।