धुलाबारी, माघ १७ । साहित्यकार तेराख प्रतिष्ठानको अध्यक्षमा शिवकुमार पौडेल चयन हुनु भएको छ । धुलाबारीस्थीत प्रतिष्ठानकै कार्यालयमा शनिबार सम्पन्न सातौं बार्षिक साधारण सभाले यस अघिका अध्यक्ष पौडेललाई नै पुन सर्बसम्मत अध्यक्षमा चयन गरेको हो ।
साधारण सभाले प्रतिष्ठानको उपाध्यक्षमा लिना भण्डारी, सचिवमा जय भण्डारी, कोषाध्यक्षमा शुशिला खतिवडा र सहसचिवमा घनश्याम घिमिरेलाई सर्बसम्मत चयन गरेको प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले बताउनु भयो । साधारण सभाले प्रतिष्ठानको कार्यसमिति सदस्यहरुमा महेन्द्र विलास लुईटेल, सुरेश खतिवडा, मुनामाया राना, बासुदेव न्यौपाने, कृष्ण सुवेदी निराकार र देवीचरण भण्डारी चयन हुनु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष पौडेलको सभापतित्वमा सम्पन्न साधारण सभामा लालभागिरथा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ, लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे, धुलाबारी माविका प्रधान अध्यापक महेन्द्र विलास लुईटेल, सांसक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडालगायतले साहित्यकार तेराख (तेजराज खतिवडा)का बारेमा आफ्ना अनुभवहरु सुनाउनु भएको थियो । बक्ताहरुले तेराख प्रतिष्ठानले साहित्य क्षेत्रको विकासमा भरपर्दो योगदान गरिरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले जुन उद्देश्यले आफु जिवित छँदै आफ्ना बुवा अर्थात साहित्यकार तेराखले प्रतिष्ठानको स्थापना गर्नु भएको थियो त्यही अनुरुप प्रतिष्ठानले आफ्ना कामहरु अगाडी बढाइरहेकाले खुसी लागेको बताउनु भयो । ‘बुवाले जुन सोचले यो प्रतिष्ठान खोल्नु भयो,’ वहाँले भन्नुभयो, ‘प्रतिष्ठान त्यही रुपले सञ्चालन भइरहेको छ ।’
अनुस्का खतिवडाले कविता वाचन गरेको कसाधारण सभामा कोषाध्याष शुशिला खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव जय भण्डारीले बार्षिक गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

प्रतिष्ठानको नयाँ कार्य समिति चयनका लागि अधिवक्ता अशोककुमार पोखरेलको संयोजकत्वमा प्राज्ञ सुभद्रा भट्टराई र टंक विकल्प सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोही समितिले सर्बसम्मतिका आधारमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरी साधारण सभामा घोषणा गरिएको थियो । साधारण सभा लिना भण्डारीको स्वागत मन्तव्य तथा सचिव जय भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।