काठमाण्डाै, असार २३ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्नु नहुने बताउनु भएकाे छ । काँग्रेसकाे जारी केन्द्रिय समिति बैठकमा बाेल्दै महामन्त्री शर्माले सभापति देउवाले अब प्रधानमन्त्री बन्नु नहुने भन्दै सम्मान पुर्वक विदाई हुनु पर्ने धारणा राख्नु भयाे ।
बैठकमा बाेल्दै शर्माले भन्नुभयाे, `अब २०८३ असारमा आफू छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरु साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिले l सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ l´
नेपाली काँग्रेसकाे विधानले तेस्राे पटक पार्टी सभापति हुन नदिने भन्दै सभापति देउवाले केही दिन अघि चितवनमा बाेल्नु भएकाे प्रसंङ्ग स्मरण गर्दै महामन्त्री शर्माले भन्नुभयाे,`चितवनमा बोल्दा अवकाश लिने बेला आयो, भन्नु भयो l यो प्रशंसनीय छ l पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो l तर नितिमा, सिद्धान्तमा सबै कुरामा एकता छ l विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि l तेस्रोपटक सभापति बन्न बिधानले दिँदैन ।´
महामन्त्री शर्माले एउटै सरकार पाँच बर्ष टिकाउने ५ वटा बिदामा प्रस्ताव समेत गर्नुभएकाे । वहाँले भन्नुभयाे, `बितेको ७५ बर्षमा कोहिपनी प्रधानमन्त्री लगातार ५ बर्ष टिक्न सकेनन् l संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृस्टी बनाउन जरुरी छ l त्यसका लागि मेरो ५ स्टेपको प्रस्ताव छ l´
१) आमनिर्वाचनमा प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने l
( अर्थात - दोस्रो / तेस्रो या अन्य दल पुरै अवधी सरकार बाहिर विपक्षमा बस्ने )
२) पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा `विनर्स टेक अल´ ( जित्नेले सबै लग्ने ) सिद्धान्त बमोजिम निर्वाचन अघिनै आयोगमा बुझाइएको बिज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने l
३) पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने l प्रधानमन्त्रीले मन्त्री परिषदमा निश्चित संख्यामा बिज्ञहरु सोझै सरिक गराउन सक्ने l
४) त्यसरी बनेको प्रधानमन्त्रीले सपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिने l दुईबर्ष पुगेपछि त्यसको १ महिनाभित्र पुन विश्वासको मत लिनेे l पछिल्लो पटक विश्वासको मत लिँदा दुईबर्षे कामको निस्चित आर्थिक, सामाजिक सुचकहरुका आधारमा मात्रै विश्वासको मत पाउने / नपाउने टुंगो लाग्ने l विश्वासको मत पुन प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधी देशको नेतृत्व गर्ने l
५) प्रधानमन्त्री पदमा कुनैपनी व्यक्ति ( वान, टु, थ्री, फोरको सिद्धान्त बमोजिम) दुईपटक मात्रै बन्न सक्ने l