धुलाबारी, मंसिर ८ । रोटरी क्लव अफ मेचीनगरले विद्यार्थी र अभिभावकलाई पोषण सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन गरेको छ । आइतबार मेचीनगर १५ स्थीत ज्ञानदिप प्राविका विद्यार्थी र अभिभावकहरुलाई खानपान सम्बन्धी जानकारी दिइएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताउनु भयो ।

स्वस्थकर खानेकुराका बारेमा बिषेशगरी अभिभावकहरुलाई विज्ञसंगको अन्तरक्रिया गरेर पोषणविद् युनिसा खनालले अभिभावक र विद्यार्थीहरुलाई पोषणका बिषयमा जानकारी गराउनु भएको थियो । त्यसैगरी मन्टेश्वरी विधिबाट कक्षा कोठाको व्यवस्थापन सम्बन्धी विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराईएको थियो । मन्टेश्वरी प्रशिक्षक थिङ्कु नेम्वाङले मन्टेश्वरी बिधिको प्रयोग गरेर विद्यार्थीहरुमा सिकाई सहजिकरण कसरी गर्न सकिन्छ र कक्षा कोठालाई व्यवस्थीत गर्न सकिन्छ भन्ने बिषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमकै बीच विद्यालयका विद्यार्थीहरुका लागि खेलकुद तथा शैक्षिक शैक्षिक सामग्री, पानीको फिलटर, जर्सी, स्कुल ब्याग लगायतका सामग्री रोटरी क्ल्व अफ मेचीनगरले विद्यार्थीहरुलाई हस्तान्तरण गरेको छ ।
रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष पाठकको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगेन राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अन्जु पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्री, रोट्राक्ट क्लव अफ मेचीनगरका अध्यक्ष राज अग्रवाल, रोटरी क्लव मेचीनगरका प्रेसिडन्ट इलेक्ट दिनेश शाक्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लवकी सचिव पवित्रा विमली प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।