मेचीनगर, चैत ७ । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि १० गते मतदान हुदैँछ ।
विद्यार्थी, विद्यालय, पठनपाठन, शैक्षिक गुणस्तर लगायतका विषयमा निरन्तर आवाज उठाउने प्रतिवद्धता सहित विद्यार्थी संगठनको माध्यमबाट स्ववियु नेतृत्वमा विद्यार्थी नै पुग्दैछन् । त्रिपक्षिय प्रतिस्पर्धा हुने निश्चित भएको काँकरभिट्टामा निर्वाचनको माहोल सृजना भइसकेको छ । उमेद्वारहरु विजयी हाशिल गर्ने उद्देष्यका विद्यार्थीमाझ मत मागिरहेका छन् ।
यस अवस्थामा तपाँई बिजयी बन्नुनभयो भने विद्यार्थी हितका निम्त्ति तपाँईका कार्ययोजना के के छन ? शैक्षिक सुधारका लागि नेतृत्वको हैसियतले तपाँई कस्तो प्रयास गर्नुहुन्छ ? हामीले स्ववियु अध्यक्षका तिनै जना उमेद्वारसगँ यस विषयमा कुराकानी गरेका छौँ:
‘दुर्गम क्षेत्रका विद्यार्थीको समस्या बुझेको छु’ विशाल तामाङ
मेचीनगर १ देवीगञ्ज निवासी विशाल तामाङ काँकरभिट्टा माविको बि. एड. प्रथम बर्षमा अध्यनरत हुनुहन्छ । आफु पनि बाहुण्डागीँको भुगोलबाट अनेक संघर्षका साथ अध्यनमा निरन्तर लागि परेकाले विद्यार्थीको हर समस्यासगँ नजिक रहेको उहाँको भनाई छ ।
उत्तरी क्षेत्रका विद्याथीको साझा समस्या लिएर नेवि संघको तर्फबाट स्ववियु नेतृत्वमा पुग्न प्रयासरत उहाँ भन्नुहुन्छ ‘कोही पनि विद्यार्थी कुनै पनि कारणले शिक्षाबाट वञ्चित हुनुहदैँन ।’
टाढाका विद्यार्थीका लागि होस्टेलको व्यवस्था गर्न क्याम्पस प्रशासनसगँ समन्वय गर्ने, आर्थिक अवस्थाका कारण शिक्षाबाट कोही पनि विद्यार्थीलाई वञ्चित हुन नदिने, बाहुण्डागीँ क्षेत्रका विद्यार्थीका लागि यातायात सहज बनाउन क्याम्पसको आफ्नै बस सञ्चालन गर्न समन्वय गर्ने उहाँका प्रमुख योजनाहरु हुन् ।
‘अतिरिक्त कक्षा (टिउसन) पढ्न नसक्ने विद्यार्थीका लागि परिक्षाको एक महिना अघिदेखि निशुल्क टिउसनका लागि पहल गर्नेछु ।’ उहाँ भन्नुहुन्छ ‘शिक्षासगँसगैँ समाज सुधारका निम्त्ति पनि विद्यार्थीले विभिन्न कार्यक्रम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
महिला सशक्तिकरणका क्षेत्रमा पनि विद्यार्थीले नै अभियान चलाउने, आर्थिक अवस्थाका कारण पढ्न नसकेका विद्यार्थीलाई छात्रवृत्ति मार्फत भएपनि पढ्न तयार बनाउनुपर्छ भन्ने मानयता उहाँका छन् । ‘म आफैँ पनि हरेक विद्यार्थीसगँ नजिक छु, हाम्रो टिम पनि उत्तीकै सक्रिय साथीहरु बिच बनेको छ ।’ उहाँ भन्नुहुन्छ ‘हामी राजनिति होइन शिक्षाका निम्त्ति आवाज उठाउन, समस्यामा खबरदारी गर्न नेतृत्वमा जान लागिरहेका छौँ, हामी सफल हुनेछौँ ।’
‘जे भन्छु त्यो गरेरै छोड्छु नसक्ने कुराको आश्वासन बाँड्दिन’ रोषन भुजेल
कक्षा ११ देखि निरन्तर शिक्षाका समस्या उठाउँदै आउनुभएका मेचीनगर ६ भानु टोल निवासी रोषन नसक्ने कुराको आश्वासन नबाँड्ने बताउनुहुन्छ । बि. बि. एस चौथो बर्षमा अध्यनरत उहाँ गुणस्तरीय शिक्षाका लागि विभिन्न योजना बोकेर चुनावी मैदानमा हुनुहुन्छ ।
अनेरास्ववियुबाट अध्यक्ष पदमा उमेद्वारी दिनुभएका उहाँ हेर्दा साना तरअत्यन्तै महत्वपुर्ण एजेण्डा बोकेर स्ववियु नेतृत्वमा पुग्न प्रयासरत हुनुहुन्छ । कलेजमा सफा शौचालयको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था, भित्रै व्यवस्थित क्यान्टिन, विद्यार्थीका लागि अध्यनमा सहज वातावरण बनाउन इ-लाइव्रेरीको व्यवस्था, कलेजमै प्राथमिक स्वास्थ्य केन्द्र उहाँका प्रमुख योजनाहरु हुन् ।
विद्यार्थीका सपना, समस्या, बाध्यता बुझ्नुभएका उहाँ भन्नुहुन्छ ‘विद्यार्थीका लागि प्रत्येक कोठामा सुचना पाटीको अवधारणा ल्याएको छु, जसले गर्दा विद्यार्थी आफैले क्याम्पस प्रशासन, स्ववियु नेतृत्व लगायतलाई सुझाव दिन सक्नेछन् ।’ उहाँ भन्नुहुन्छ ‘छात्रवृत्तिमा गरिब तथा जेहेनदार विद्यार्थी समेटिनुपर्छ, यस विषयमा पनि नेतृत्वको हैसियतले म निरन्तर खबरदारी गर्नेछु ।’
‘टाढा टाढाका विद्यार्थीलाई क्याम्पस आउन जान सहज बनाउन क्याम्पसको निजि बस, यो पनि मेरो प्रमुख योजना हो, यसका लागि म लगायत हाम्रो टिम सधैँ लाग्नेछ ।’ उहाँको भनाई छ । ‘क्याम्पसमै अध्यन गर्ने टिम, प्रखर र विद्यार्थी समस्यामा आवाज उठाउन सक्ने उमेद्वार रहेकाले हाम्रो टिम अवश्य सफल हुनेछ, हामीलाई सफल बनाउन सबै विद्यार्थी लाग्नुहुनेछ ।’ उहाँ भन्नुहुन्छ ।
‘गुणस्तरीय शिक्षाका लागि निरन्तर आवाज उठाउँछु’ विनम सरदार
मेचीनगर ६ बर्मेली टोल निवासी विनम सरदार काँकरभिट्टा क्याम्पसमा बि. बि. एस. चौथो बर्षमा अध्यनरत हुनुहुन्छ । सबै विद्यार्थी माझ लोकप्रिय रहनुभएका उहाँ विद्यार्थी कै आवाज निरन्तर उठाउने ठाउँमा पुग्ने प्रयासमा हुनुहुन्छ । तिन वटा संगठनको साझा उमेद्वारको रुपमा अध्यक्ष पदमा उमेद्वारी दिनुभएका उहाँले गुणस्तरीय शिक्षाका लागि निरन्तर आवाज उठाउने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘गुणस्तरीय शिक्षा आजको प्रमुख आवयश्यक्ता’ ।
क्याम्पसमा भाडाको बस सञ्चालन भइरहेकाले निजि बस सञ्चालन गर्न विद्यार्थी नेतृत्वबाट पहल गर्ने पनि उहाँको प्रमुख योजना हो । ‘पाँच वटा वडा कार्यालयको दुई दुई लाख र नगरपालिकाको सात लाख सहयोगमा क्याम्पस प्रशासनलाई निजि बस किन्न आग्रह गर्नेछौँ, वडा कार्यालयले विद्यार्थीलाई भाडाका लागि भनेर रकम विनियोजन गर्दै आएका छन् ।’ उहाँले भन्नुभयो ‘सोहि रकमलाई सदुपयोग गर्दै क्याम्पसको आफ्नै बस सञ्चालन गर्न हामी लाग्नेछौँ ।’
गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिमा समेट्न पनि हरपल आवाज उठाउने उहाँको भनाई छ । ‘पहिलो परिक्षामा सहभागि हुने सबै विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्तिको व्यवस्थाका निम्त्ति पहल गर्नेछु भने गरिब तथा जेहेनदार विद्यार्थीको मुल्यांकन गरी छात्रवृत्ति प्रदान गर्न क्यामपस प्रशासनसगँ समन्वय गर्नेछु ।’ उहाँ भन्नुहुन्छ ।
विद्याथीको क्षमता विकासका लागि अनुभव आदानप्रदान सम्बन्धि तालिम सञ्चालन गर्ने, विद्यार्थी र शिक्षकबिचको सम्बन्ध प्रगाढ बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने पनि उहाँको प्रमुख योजना छ । ‘म यसै विद्यालयमा लामो समयदेखि अध्यनरत छु, मलाई यहाँको समस्या पनि थाहा छ र त्यसको समाधानका उपाय पनि थाहा छ ।’
यस्तै समस्यालाई पन्छाउँदै विद्यार्थीको हकहितका लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता जनाउँदै मैले उमेद्वारी दिएको छु ।’ उहाँ भन्नुहुन्छ ‘म आफ्नो जिम्मेवारीबाट कहिल्यै भाग्ने छैन ।’