मेचीनगर, फागुन २७ । १२ औँ बार्षिकोत्सवको अवशरमा झापा नेशनल स्कुलले विद्यार्थीले आफैँ बनाएका रोबोर्ट प्रदर्शन गर्ने भएको छ ।
झापाको मेचीनगर ७ मा रहेको यस विद्यालयले प्रविधिमा भइरहेको विकास र विद्यार्थीको सिकाई प्रतिको लगावलाई लक्षित गर्दै विगत २ बर्ष देखिको विद्यार्थीको परिश्रमलाई बार्षिकोत्सवको अवशरमा प्रदर्शन गर्न लागेको हो ।
‘चैत ३ र ४ गते बार्षिकोत्सव हुदैँछ जसमा विद्यार्थी आफैँले तयार पारेका रोबोर्ट प्रदर्शन गर्न लागिएको हो ।’ विद्यालयका प्रिन्सिपल कमल भेटवालले सेतोपत्रसगँ भन्नुभयो ‘विद्यार्थी प्रति देखिएको आधुनिकताको रुचीलाई मध्यनजर गर्दै एक फरक प्रयास गर्न लागिएको हो ।’
उहाँका अनुसार विद्यार्थीले तयार पारेका रोबोर्टमा सबै आफ्नै क्षेत्रमा उपलब्ध भएका सामाग्रीहरुको प्रयोग गरिएको छ । ‘हामीले स्थानीय स्तरका सामानलाई नै रोबोर्टमा प्रयोग गरेका छौँ, हाम्रै बजारमा पाइने बिजुली तार, इलेक्ट्रिक बोर्ड, पाइप प्रयोग गरिएको छ ।’ उहाँले भन्नुभयो ‘प्रदर्शनीमा २० भन्दा धेरै रोबोर्ट प्रदर्शन गर्नेछौँ प्रत्येक रोबोर्टका बारेमा विद्यार्थी आफैले जानकारी गराउनेछन् ।’
‘रोबोर्टटिक्स फेयर’ नाम दिइएको उक्त प्रदर्शनीमा नगर क्षेत्रका सामुदायीक तथा निजि गरी सम्पुर्ण विद्यालयका विद्यार्थीलाई आमन्त्रण गरिनेछ । प्रदर्शनीमा विद्यार्थी मात्रै नभएर शिक्षक, अविभावक सबैलाई उपस्थित भएर आफ्ना विद्यार्थीले निर्माण गरेका रोबोर्ट नियालिदिनुहुन पनि उहाँले आग्रह गर्नुभएको छ ।
‘प्रविधिमा भइरहेको विकासलाई शिक्षासगँ जोड्न हामीले यस कार्यक्रम गर्न लागेका हौँ, बिगतभन्दा नौलो अभ्यास भएपनि विद्यार्थीले अत्यन्तै रुची देखाएका छन् ।’ उहाँले भन्नुभयो ।
मेचीनगर ७ मा रहेको यस विद्यालय खेलकुद, नृत्यसगैँ विभिन्न क्रियाकलापमा सक्रिय छ ।