मेचीनगर, पुस ७ ।
केपी शर्मा ओली नेतृत्वको नेकपाले आज केन्द्रीय समिति बिस्तार गरी ११९९ सदस्यीय बनाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा सम्पन्न बैठकले प्रधानमन्त्री समेत रहनु भएका ओलीको नेतृत्वमा नयाँ ५५६ जना सदस्य थप गरी केन्द्रीय समिति बिस्तार गरेको हो ।
ओली नेतृत्वको नेकपामा झापाबाट १० जना नयाँ अनुहार केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । झापामा कम्युनिष्ट आन्दोलनलाई तत्कालिन समयमा नेतृत्व गरेका ब्यक्तिहरुलाई केन्द्रीय समितिमा चयन गरिएको नेकपा झापा अध्यक्ष समेत रहनु भएका आज चयन हुनु भएका केन्द्रीय सदस्य चिन्तन पाठकले सेतोपत्रलाई जानकारी दिनु भयो ।
केन्द्रीय सदस्यमा चयन हुनु हुनेमा हरिचरण बानियाँ, हरिचरण शिवाकाटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दिपक कार्की, हरि राजबंशी र देबेन्द्र दाहाल रहेको पाठकले बताउनु भयो । त्यसैगरी, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल समेत केन्द्रीय सदस्यमा मनोनित हुनु भएको पाठकले सेतोपत्रलाई जानकारी दिनु भयो । केन्द्रीय सदस्य पाठकका अनुसार यस अघि नेकपाको केन्द्रीय समिति भएकाहरुलाई यथावत राखेर नयाँ सदस्य थप गरिएको हो ।
केन्द्रीय समितिले नै महाधिवेशन आयोजक समितिको रुपमा समेत काम गर्ने गरी संख्या थप गरिएको नेकपा स्रोतले बताएको छ ।
ओली नेतृत्वको नेकपाले २०७८ मंसीर २ गतेदेखि ७ गेतसम्म महाधिवेशन गर्ने समेत आजैको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ ।
ओली नेतृत्वको नेकपाले पार्टीको बिधान र संरचना समेत परिवर्तन गरिएको केन्द्रीय समितिको निर्णय निर्वाचन आयोगलाई आजै जानकारी समेत गराई सकेको छ ।