झापा, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य र सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनु भएको छ । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपसभापतिमा सोबिता गौतम विजयी हुनु भएको छ । गौतमले अर्की प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिमा विजयी बन्नु भएको हो ।
त्यस्तै महामन्त्रीका अन्य प्रतिस्पर्धीहरु मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै आचार्य विजयी हुनु भएको हो । रास्वपाको महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनु भएको छ । महिला सहमहामन्त्रीतर्फ विदुषी शर्मा, जुली यादव, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पराजित गर्दै डाँगी विजयी बन्नु भएको हो । त्यस्तै रास्वपाको आज सकिएको निर्वाचनबाट खुाल तर्फको सहमहामन्त्रीमा हरि ढकाल र असिम साह विजयी हुनु भएको छ ।
पार्टीको खुला सहमहामन्त्रीमा ढकाल र साह विजयी हुुुनु भएको हो । खुला सहमहामन्त्रीमा असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु र हिमेश पन्त पनि उम्मेदवार रहेका थिए ।
पदाधिकारीमा विजयी हुने सोविता, विपिन, निशा र हरि प्रतिनिधि सभा सदस्य हुनुहुन्छ भने साह प्रधानमन्त्री बालेन्द्र शाहका राजनितिक सल्लाहाकार हुनुहुन्छ ।