झापा,जेठ २८ । सरकारले बिपन्न,असहाय तथा वेवारिसे नागरिकका लागि अस्पतालमा निशुल्क उपचारको व्यवस्था लागु गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कार्यविधि जारी गर्दै देशभरका सरकारी,निजी तथा सामुदायिक अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
सरकारले जारी गरेको ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,२०८३’ मा ति शय्यामा भर्ना भएका बिरामीबाट चिकित्सक सेवा,शल्यक्रिया,औषधी,प्रयोगशाला परिक्षणलगायत कुनैपनि शुल्क लिन नपाइने उल्लेख छ।
निःशुल्क उपचार सुविधा विपन्न, असहाय तथा बेवारिसे नागरिकले पाउनेछन्। त्यसका लागि नेपाल सरकारले वितरण गरेको विपन्न परिचयपत्र, सम्बन्धित स्थानीय तहबाट प्राप्त विपन्न वा असहाय भएको सिफारिस तथा बेवारिसे बिरामीका हकमा नेपाल प्रहरी वा स्थानीय प्रशासनको सिफारिस वा मुचुल्का पेस गर्न सकिने छ ।आकस्मिक अवस्थाका कारण तत्काल कागजात उपलब्ध गराउन नसकिएमा बिरामीले स्वघोषणा फाराम भरेर सेवा लिन सक्ने तर आवश्यक प्रमाणपत्र अस्पतालबाट डिस्चार्ज हुनुअघि पेस गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सञ्चालनमा ल्याएको ‘फ्रि हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा निःशुल्क बेड उपलब्ध छ भन्ने जानकारी लिन सकिनेछ।कार्यविधि कार्यान्वयन नगर्ने अस्पताल खारेज सम्मको कारवाही हुन सक्ने मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस कार्यविधि :-