इटाभट्टा, बैशाख ३० । झापाको मेचीनगर ७ सतिघट्टास्थीत अरनिको माविको प्रवेशद्वारमा जेब्रा क्रस निर्माण गरी सञ्चालन भएको छ । आजदेखि सुरु भएको सडक सुरक्षा सप्ताह अन्तर्गत रोटरी क्लव अफ मेचीनगर, रोट्रयाक्ट क्वल अफ मेचीनगर र इभी नेपाल टुर्स एण्ड ट्राभलको सहकार्यमा जेब्रा क्रस निर्माण गरी सञ्चालन गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले जानकारी दिनुभयो ।
काकरभिट्टादेखि जिल्ला सदरमुकाम र चन्द्रगढी बिमानस्थल जाने मुख्य सडकका रुपमा प्रयोग हुन थालेसंगै अरनिको माद्यमिक विद्यालयका बिद्यार्थी, शिक्षक र अभिभावकहरुलाई बिद्यालय आवतजावत गर्दा दुर्घट्नाको जोखिम भएको स्थानीयहरुले गुनासो गरे पछि रोटरी क्लव र इभी नेपालको सहकार्यमा जेब्रा क्रस निर्माण गरी सञ्चालनमा ल्याएको अध्यक्ष पाठकले बताउनु भयो ।

उक्त कार्यक्रमकाबीच बिद्यार्थीहरुलाई जेब्रा क्रसको प्रयोग र सडकमा हिड्दा अपनाउनु पर्ने सुरक्षाका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा इभी नेपाल टुर्स एण्ड ट्राभलका सञ्चालक ज्ञानेन्द्र निरौलाले नेपालमा हुने सडक दुर्घट्ना र त्यसबाट परिरहेको प्रभावका बारेमा बिद्यार्थी र शिक्षकहरुलाई जानकारी गराउनु भएको थियो । रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्रीले अबदेखि जेब्रा क्रसबाट नै सडक वारपार गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो ।
जेब्रा क्रस सञ्चालन कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका प्रेसिडेन्ट इलेक्ट दिनेश शाक्य, रोटरीयनहरु ध्रव ओली, थिङ्कु नेम्वाङ र रोटरीयन तथा मेची उद्योग वाणिज्य संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष आनन्द खड्काको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक बिशाल भट्टराई र स्थानीय अभिभावकहरु समेत उपस्थितिमा जेब्रा क्रस सञ्चालनमा ल्याइएको थियो ।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा दैनिक ७५देखि ९७ सम्म सवारी दुर्घट्ना हुने गरेको र त्यसमा परी दैनिक ६ देखि ७ जनाको मृत्य तथा औषत ८८ जना घाइते हुने गरेका छन ।