धुलाबारी, बैशाख २७ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाई विजयी हुनु भएको छ । आज सम्पन्न मत गणनामा प्रसाईले ७७३ मत प्राप्त गरी विजयी हुनु भएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी किशोर क्षेत्री (कपिल) ले ७३३ मत प्राप्त गर्नु भयो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रसाइ प्यानलका आनन्द खड्काले ७५२ मत प्राप्त गरी बिजयी हुदा वहाँका प्रतिस्पर्धी भुमी पौडेलले ७४५ प्राप्त गर्नु भएको छ ।

उद्योग उपाध्यक्षमा क्षेत्री प्यानलका हरिप्रसाद कोईरालाले ७९५ मत ल्याएर विजयी हुनु भएको छ । वहाँका प्रतिस्पर्धी प्रसाई प्यानलका भीमबहादुर कुवँरले ६४२ मत ल्याउनु भयो ।
वाणिज्य उपाध्यक्षमा क्षेत्री प्यानलकै सन्तोस खवासले ८०७ मत प्राप्त गरी विजयी हुनु भयो । वहाँका प्रतिस्पर्धी प्रतिस्पर्धी प्रसाई प्यानलका नरबहादुर थापा (तिलक) ले ६२१ मत प्राप्त गर्नु भयो ।

त्यस्तै महिला उपाध्यक्षमा प्रसाई प्यानलकी उषा श्रेष्ठ ७८० मत ल्याएर विजयी हुदा क्षेत्री प्यालनका सुन्दरीकुमारी श्रेष्ठले ६५५ मत प्राप्त गर्नु भयो ।
महासचिवमा क्षेत्री प्यानलका ध्रुव कनाल ७२४ मत प्राप्त गरी विजयी हुनु भयो । वहाँका प्रतिस्पर्धी प्रसाई प्यानलका दिनेश शाक्यले ७२० मत पाउनु भयो ।
महिला सदस्य तर्फ दुवै जना क्षेत्री प्यानलबाट विजयी हुनु भएको छ । चम्पा नेम्वाङले ७५२ र कल्पना प्रसाईले ७४१ मत प्राप्त गरी विजयी हुनु भएको छ । महिला सदस्यमा प्रसाई प्यानलका मीरा कार्कीले ५६९ र रमा आचार्यले ५५३ मत ल्याउनु भयो ।
खुला सदस्य तर्फ ८ जना मध्ये क्षेत्री प्यानलका ५ जना र प्रसाई प्यानलका ३ जना विजयी हुनु भयो । विजयी हुनेमा क्षेत्री प्यानलका अर्जुन तिवारी(८६६), आशिस संग्रौला (८२०), तारा श्रेष्ठ (७३०), राजेशकुमार बंशल (६८२) र जयकुमार श्राफ (६६३) हुनु हुन्छ । प्रसाई प्यानलका सचिन निरौला (७४९), खिरोज बराल (६४६) र दिनेश पोखरेल (६४१) विजयी हुनु भएको छ ।