धुलाबारी, बैशाख २७ । शनिवार सम्पन्न मेची उद्याग वाणिज्य संघको निर्वाचनको मतगणना आज हुने भएको छ । पासाङ ल्हामू स्मृति प्रतिष्ठान (टाउन हल) मा अहिले विहान ८ बजेदेखि मतगणनाको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत पदम डाँगीले जानकारी दिनु भयो ।
हिजो बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा १६०३ जनाले मतदान गरेका थिए । २०७४ मतदाता रहेका वाणिज्य संघमा ७७.२९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत अजय घिमिरेले जानकारी दिनुभयो ।

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा किशोर क्षेत्री (कपिल) र खेमराज प्रसाईबीच चुनावी प्रतिस्पर्धा छ । क्षेत्रीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा भुमी पौडेल, उद्योग उपाध्यक्षमा हरिप्रसाद कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोस खवास, महिला उपाध्यक्षमा सुन्दरी श्रेष्ठ र महासचिवमा ध्रुव कनाल चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै महिला सदस्यमा कल्पना प्रसाई र चम्पा नेम्वाङ हुनुहुन्छ भने खुला तर्फको सदस्यहरुमा अर्जुन तिवारी, गोपी गौतम, आशिस संग्रौला, बिनोद कुमार बानियाँ, जयकुमार श्राफ, प्रबुल केसी खत्री, राजेशकुमार बंशल र तारा श्रेष्ठ उम्मेद्वार रहेका छन ।
त्यसैगरी प्रसाईको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भिम कुवँर, बाणिज्य उपाध्यक्ष तिलक थापा, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र महासचिवमा दिनेश शाक्य चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । महिला सदस्यमा रमा आचार्य बस्नेत र मिरा कार्की हुनुहुन्छ भने खुला सदस्यतर्फ विजय गुप्ता, चन्द्र घोर्साई, दिनेश पोखरेल, खिरोज बराल, ललित अग्रवाल, मानकुमार कटुवाल, सचिन निरौला र सुरज चौधरी उम्मेद्वार रहेका छन ।