दुग्ध विकास संस्थान (DDC) नेपालको आधिकारिक संस्था हो जसले किसानहरुको उत्पादित दुधको खरिद मुल्य र दुधको बिक्रिको बजार मुल्य निर्धारण गर्दछ । पछिल्लो पटक करिब ३ बर्ष अगाडि नेपालमा दुधको दुबै खरिद र बिक्रि मुल्य निर्धारण गरिएको छ जुन हालसम्म कार्यान्वयन भैरहेको छ । दुधमा भएको FAT (धृतांश) र SNF (Solid Non-fat) को आधारमा अन्तराष्ट्रिय मान्यता लाई आधार मानेर नै मुल्य निर्धारण गरिएको छ ।
दुधको खरिद तथा बिक्रि मुल्यको बर्तमान अवस्था
हाल 1% FAT= 7.15 (सात रुपैया पन्ध्र पैसा) र 1% SNF= 4.55 (चार रुपैया पच्पन्न पैसा) निर्धारण गरिएको छ। यो खरिद मुल्यको दर लाई हेर्दा बजारमा पठाईने प्रशोधित दुध 3 FAT र 8 SNF को अप्रशोधित कच्चा दुधको मुल्य रु 57.85 (FAT: 3 % × 7.15+SNF : 8% × 4.55 = 57.85) हुन जान्छ भने बिक्रि मुल्य 100 रुपैया छ। चिस्यान केन्द्र बाट प्रति लिटर 57.85 मा किनेको दुध बजार पुग्दा 42.15 बृद्धि भई 100 रुपैयामा आधिकारिक रुपमै बिक्रि भैरहेको छ। दहिको मुल्य 110 रुपैया छ। पछिल्लो मुल्य निर्धारण गर्दा खुल्ला दुधको सन्दर्भमा क्रेता र बिक्रेताको सहमतिमा गरिनेछ भनेको छ।
चिस्यान केन्दहरुको भुमिका
नेपालको पशुपालन पद्धति अझै आधुनिक बन्न सकेको छैन। केहि सिमित गाई फर्महरु बाहेक साना साना किसानहरुले आफ्नै घरमा १/२ वटा गाई/भैसि पालन गरि दुधको उत्पादन गरिरहनु भएको छ। त्यसमा पनि घरका प्राय युवा जगत बैदेशिक रोजगारीमा जानुभएको छ। पशुपालन गर्ने घरमा रहनुभएका बुढाबुढि हुनुभएका बुबाआमा हो । यस्तै किसानले उत्पादन गर्ने दुधको हिस्सा करिब ८० प्रतिशत भन्दा बढि छ। उत्पादित दुधको मात्रा कम हुने, चिस्यान केन्द्र वा उद्योग सम्म प-याउने साधन तथा समयको अभाब हुने, समयमै दुधको भुक्तानि नपाउने समस्या छदैछ। चिस्यान केन्द्रहरुले यस्ता साना किसानहरुको घरमै गई दुध संकलन गरिदिने गर्दछन।
डेरी उद्योगहरुलाई पनि किसानहरुको घरवाट सिधै दुध संकलन गरि सुरक्षित साथ उद्योगमा पु-याउन व्यहारिक रुपमा कठिन कार्य हो। दुधको मापदण्ड अनुसार गाई दोएको २ देखि ३ घण्टा भित्रमा दुधलाई ४ डिग्रि चिसो बनाई सुरक्षित गर्नु पर्दछ। तसर्थ किसान र उद्योग विचमा पुलको रुपमा चिस्यान केन्द्रहरु स्थापना भएका छन जुन ब्याक्तिगत रुपमा, समुहगत रुपमा र सहकारी संस्थाका रुपमा संचालित छन।दुधको संकलन गर्ने, क्वालिटि मापन गर्ने, चिसो पारि सुरक्षित गर्ने, भण्डारण गर्ने र आवस्यक परेमा ढुवानि समेत गर्ने मुख्य कार्यहरु चिस्यान केन्द्रहरुले गर्ने गर्दछन । तर दुधको खरिद मुल्य निर्धारण गर्दा राज्यले चिस्यान केन्द्रलाई पहिचान गरेकै छैन । खरिद मुल्य चिस्यान केन्द्रसँगको हो कि किसानसँगको हो स्पष्ट पारेको छैन । डेरी उद्योगहरुले DDC ले निर्धारण गरेको मुल्य अनुसार चिस्यान केन्द्रलाई भुक्तानि गर्दछन र चिस्यान केन्द्रले आफ्नो खर्च र नाफा राखि बाँकि रकम किसानलाई भुक्तानि गर्दछन । यसो गर्दा किशान निश्चित रुपमै मारमा परेका छन ।
दुध उत्पादक किसानहरुको मुख्य मुख्य समस्याहरु
1. राष्ट्रिय तथा अन्तराष्ट्रिय कारण बिशेष गरि ढुवानिको कारण गाईभैसिको आहारा (तयारि दाना, चोकर, ब्रान, पिना आदि) को अभाब तथा मुल्य बृद्धि,
2. औषधिको मुल्य बृद्धि,
3. गाई भैसिकै पनि मुल्य बृद्धि,
4. सेक्स सिमेन (बाछि मात्र जन्म दिने एआई) किसानको पहुचमा नहुनु,
5. दुधको खरिद र बिक्रि बिचको असमान मुल्य,
6. दुधको खरिद तथा बिक्रि मुल्य सरकार (दुग्ध बिकाश संस्थान/प्राधिकरण) को नियन्त्रणमा छ। तर दुध उत्पादनका लागि आवश्यक पर्ने आहारा तथा औषधिको मुल्य बजारले निर्धारण गर्दछ।
जुन अनुपातमा दुधको मुल्य समायोजन हुन्छ त्यो भन्दा बढि आहारा तथा औषधिको मुल्य बजारमा अनियन्त्रित रुपमा बढने गरेको छ। झन हाल यसको अवस्था बिकाराल बन्दै गईरहेको छ।
सुझाब
• पशु आहारा तथा औषधिको मुल्यलाई राज्यले नियन्त्रणमा राखि Subsidized मुल्यमा किसान हरुलाई उपलब्ध गराई दुधको उत्पादन मुल्य कम गरिनु राम्रो हुनेछ। यसो गर्दा उपभोक्तालाई मार पर्दैन जसले गर्दा माग र आपुर्तिको तालमेल मिल्दछ।
• किसानबाट लिएको कच्चा, शुद्ध दुध भएर वा विभिन्न परिकारका रुपमा बजारमा आइपुग्दा डेरी उद्योग मात्रै छैनन, त्यसमा महत्वपूर्ण भूमीका खेल्ने चिस्यान केन्द्रहरु पनि छन । चिस्यान केन्द्रले दुधको संकलन, सुरक्षण, भण्डारण गरि राखेको दुध डेरी उद्योगले लाने हुन है भन्ने चिस्यान केन्द्रको भुमिकालाई आत्मसात गर्दै दुधको मुल्य निर्धारण गरिनु आवश्यक छ।
• नेपालमा कृषि प्रणालि परिवर्तन हुदै गईरहेको सन्दर्भमा खेति गर्न गोरुको प्रयोग लगभग बन्द भैसक्यो। दुधको उत्पादनमा किसानहरुको आकर्षण दिनानुदिन बढ्दो छ। राज्यद्वारा उपलब्ध गराईने Sex Semen पहुचवाला ब्याक्तिले मात्र पाउछन । बजारमा एउटा Semen को मुल्य कम्तिमा ३५०० रुपैया पर्दछ । तसर्थ यसको उत्पादन नेपालमै बढाई सर्बसाधारण किसानको पहुचमा पु-याउदा राम्रो हुनेछ।
नोटः यो किसान र चिस्यान केन्द्र सञ्चालकका तर्फबाट उपलब्ध गराइएको सामग्री हो ।