धुलाबारी, बैशाख २० । यही बैशाख २६ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनका लागि किशोर क्षेत्री (कपिल) नेतृत्वको समूहका उम्मेद्वारहरूको घोषणा गरिएको छ ।
आज बिहान धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत क्षेत्री नेतृत्वको सबै उम्मेद्वारको घोषणा गरिएको हो ।
समावेशी व्यवशायिक प्यानल नाम दिईएको समूहबाट अध्यक्षमा किशोर क्षेत्री (कपिल), बरिष्ठ उपाध्यक्षमा भुमी पौडेल, उद्योग उपाध्यक्षमा हरि कोईराला, वाणिज्य उपाध्यक्षमा सन्तोस खवास, महिला उपाध्यक्षमा सुन्दरी श्रेष्ठ र महासचिवमा ध्रुव कनाल उम्मेद्वार हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा आशिस संग्रौला, आशिस श्राफ, अर्जुन तिवारी, राजेश बंशल, सुरज श्रेष्ठ, गोपी गौतम, प्रबल केसी क्षेत्री र बिनोद बानियाँ उम्मेद्वार हुनु हुने भएको छ ।
त्यसैगरी महिला सदस्यमा कृष्ण कुमारी प्रसाई (कल्पना) र चम्पा नेम्वाङ्ग उम्मेद्वार हुने पत्रकार सम्मेलनमा महासचिवका उम्मेद्वार ध्रुव कनालले घोषणा गर्नु भएको थियो ।
यस अघि नै खेमराज प्रसाईको नेतृत्वमा प्यानल नै उम्मेद्वारको घोषणा भईसकेको छ ।
संघमा २११५ जना मतदाता सदस्य रहेका छन । निर्वाचन कार्यतालिका अनुसार बैशाख २० गते आज दिउसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गर्ने समय रहेको छ ।