धुलाबारी, बैशाख १७ । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि यस अघि अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएका भुमी पौडेलसहित बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएका हरि कोइराला र ध्रुव कनालले समेत अध्यक्षका लागि किशोर क्षेत्री (कपिल) लाई समर्थन गरेका छन ।
आज पत्रकार सम्मेलनमार्फत पौडेल, कोइराला र कनालले अध्यक्षमा क्षेत्रीलाई समर्थन गर्ने घोषणा गरेका हुन । अध्यक्षका उम्मेद्वार क्षेत्रीले वाणिज्य संघमा फुटेर होईन जुटेर अगाडी बढ्ने सल्लाहा अनुसार यस अघि विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्नु भएका सबै जना एकै ठाउँ उभिएर आम व्यवशायीको हितमा अगाडी बढ्ने निर्णय भएको बताउनु भयो । ‘वाणिज्य संघले आम व्यवशायीको हितमा काम गर्न शसक्त टिमको आवश्यक पर्छ,’ क्षेत्रीले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मेरो नेतृत्वको टिममा सबै सक्षम व्यवशायीहरुको समूह छ ।’
बरिष्ठ उपाध्यक्षमा भुमी पौडेल, उद्योग उपाध्यक्षमा हरि कोइराला, वाणिज्य उपाध्यक्ष सन्तोस खवास र महासचिवमा ध्रुव कनालको उम्मेद्वारी रहने अध्यक्षका उम्मेद्वार क्षेत्रीले पत्रकार सम्मेलनमा घोषणा गर्नु भयो ।
अनुभवी र उद्योगी व्यवशायीको समस्या बुझेको टिमलाई आगामी दिनमा वाणिज्य संघमा स्थापित गर्न कै लागि आफुले अध्यक्षबाट पछि हटेर बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको भुमी पौडेलले पत्रकार सम्मेलनमा बताउनु भयो । ‘वाणिज्य संघलाई वास्तविक व्यवशायीको छाता संस्थाको रुपमा उभ्याउनु पर्छ,’ पौडेलले भन्नुभयो, ‘त्यसैले संघको स्थापनादेखि निरन्तर व्यवशायीको हितमा काम गरिरहनु भएको कपिल क्षेत्रीलाई समर्थन गरेको हुँ ।’
सबैलाई समेटेर बलियो समूह निर्माण गरेर जाने सोच अनुसार क्षेत्रीको नेतृत्वमा आफु उद्योग उपाध्यक्षमा बसेर निर्वाचनमा जाने हरि कोइरालाले बताउनु भयो । मेचीनगरका तमाम उद्योगी व्यवशायीहरुको आवाज बलियो बनाउन पनि कपिललाई नेतृत्व मानेर आफुले महासचिवमा उम्मेद्वारी दिने ध्रुव कनालले पत्रकार सम्मेलनमा बताउनु भयो ।
क्षेत्रीको समूहबाट वाणिज्य उपाध्यक्ष पदमा उम्मेद्वार रहनु हुने सन्तोस खावास सक्रिय टिम निर्माण गरेर वाणिज्य संघमा काम गर्नकै लागि क्षेत्रीलाई नेतृत्वमा चयन गर्नु पर्ने बताउनु भयो ।
वाणिज्य संघको महिला उपाध्यक्ष सहित अन्य कार्यसमिति सदस्यहरुको उम्मेद्वारीका बिषयमा समेत छलफल चलिरहेकाले छिट्टै सबै उम्मेद्वार टुङ्गो लाग्ने अध्यक्षका उम्मेद्वार क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी भयो ।
मेची उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा बैशाख १९ गते र कार्यसमिति चयनको निर्वाचन बैशाख २६ गते गर्ने यस अघि नै निर्णय भइसकेको छ । वाणिज्य संघमा २११५ जना सदस्यले मतदान गर्न पाउने संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिनुभयो ।