धाइजन, चैत २१ । मेचीनगर लेडी जेसीजले शनिवार एक कार्यक्रमकाबीच बर्ष २०८३ को क्यालेण्डर सार्वजनिक गरेको छ । मेचीनगर १४ स्थीत धाइजन चोकमा गरेको कार्यक्रममा लेडी जेसीजले तयार गरेको नयाँ बर्षको क्यालेण्डर सार्वजनिक गरिएको हो ।
मेचीनगर लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ प्रधानको अध्यक्षतामा सम्पन्न नयाँ बर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रमकाबीच प्रमुख अतिथि अग्रज महिला मिरा पोखरेलले क्यालेण्डर सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले बर्षहरु फेरिए पनि महिलाहिंसाको डरलाग्दो स्वरुप नफेरिएको प्रति आक्रोश पोख्नु भयो । ‘बर्षहरु फेरिन्छन तर महिलामाथी हुने हिंसाको स्वरुप फेरिदैंन,’ वहाँले भन्नुभयो, ‘महिला हिंसा बढ्नुले समाज महिलाका लागि असुरक्षित बन्दैछ भन्ने देखाउँछ ।’
कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी पुर्व अध्यक्ष टिका सुवेदी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, पत्रकार ज्ञानेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ ।
नेपाल जेसीजका उपाध्यक्ष देबु बानियाँ, लेडी जेसीजका पुर्व अध्यक्षहरु सुनिता पनेरु, पवित्रा प्रसाईलयातको उपस्थीति रहेको कार्यक्रममा लेडी जेसीजकी उपाध्यक्ष तथा आजको कार्यक्रककी संयोजक सोनिका भट्टराईले स्वागत गर्नु भएको थियो भने लक्ष्मी कोइरालाले जेसीज आस्था वाचन गर्नु भएको थियो । कार्यक्रम लेडी जेसीजकी महासचिव कल्पना प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
मोर्डन युनिसेक्स सलुनको सभाकक्षमा सम्पन्न कार्यक्रमकैबीच निशुल्क छाला परीक्षण समेत गरिएको थियो । सलुनको तर्फबाट गरिएको उक्त परीक्षणमा करीब एक सय जनाको अनुहारको छालाको निशुल्क परीक्षण गरेर उचीत परामर्श समेत प्रदान गरिएको सलुन सञ्चालक कल्पना प्रसाईले जानकारी दिनुभयो ।