धुलाबारी, माघ २३ । झापा मेचीनगर १० स्थीत शिशु साक्षर आधारभुत विद्यालयले ४३ औं वार्षिक उत्सव मनाएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव समारोह सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज घिमिरेको सभापतित्व तथा मेचीनगर १० का वडाअध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव सामरोहकाबीच दाताहरुले विद्यालयलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री हस्तान्तरण समेत गरिएको थियो ।
विद्यर्थीका लागि ज्याकेट हस्तन्तरण गर्दै रोटरी क्लव अफ मेचीनगरका उपाध्यक्ष भुमी पौडेल ।
कार्यक्रमकैबीच दुवागढी साना किसान सहकारी संस्थाले विद्यार्थीहरुका लागि स्कुल ब्याग, पुर्व विद्यार्थी समाजका तर्फबाट कुर्सी र विद्यार्थीका लागि नृत्य कार्यक्रममा लगाउने विभिन्न जातजातिको पोषाक र रोटरी क्लव अफ ललितपुरका तर्फबाट विद्यार्थीका लागि ज्याकेट हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
दुवागाढी साना किसानका तर्फबाट सबै विद्यार्थीलाई पुग्ने गरीको संख्यामा उपलब्ध गराईको स्कुल ब्याग बार्षिकोत्सव समारोहमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै रोटरी क्लव अफ ललितपुरका तर्फबाट सबै विद्यार्थीका लागि उपलब्ध भएको ज्याकेट रोटरी क्लव अफ मेचीनगरका उपाध्यक्ष भुमी पौडेलले विद्यालयका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो ।
बार्षिकोत्सव समारोहमा सहभागि प्रमुख अतिथि, बिषेश अतिथि लगायत अतिथि र अभिभावकहरु ।
बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष खनाल, बिषेश अतिथि मेचीनगरका शिक्षा अधिकृत सुनिता भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले विद्यालयमा गरिएका सुधारका काम र गर्नु पर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो भने प्रधानाध्यापक लोकनाथ ढकालले विद्यालयको गतिविधिका बारेमा बताउनु भएको थियो ।
विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थीति रहेको थियो भने कार्यक्रम शिक्षक इन्दिरा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।