मेचीनगर, माघ १२ । झापाको मेचीनगरमा सञ्चालन हुने लोकतन्त्र पोस्ट अनलाईन समाचार पत्रद्वारा झापाका १५ जना जेनजी उमेरका प्रतिभावान युवालाई सम्मान गरेको छ । अनलाईन समाचार पत्रले प्रकासन गरेको म्यागेजिनको जेनजी संस्करण लोकार्पण कार्यक्रममा आइतबार बिर्तामोडमा ती युवालाई जेनजी पौरखी सम्मानबाट सम्मानित गरिएको लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजीले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रमा पौरख गरेर झापाबाट देशलाई नै परिचित गराइरहनु भएका जेनजी पौरखी सम्मानबाट सम्मानित हुने युवाको परिचय यहाँ राखिएको छ ।

१) स्वेता बुढाथोकी : विर्तामोड–१ नमुना टोल । कन्टेन्ट क्रिएटर । कता खाने नामको फुड भ्लगिङ । डिजिटल मार्केटिङ ।

२) कृपेश कार्की : बुद्धशान्ति–३ । बन्यजन्तु संरक्षक । ४०० भन्दा बढी सर्पको उद्धार । क्यान्टर्स कुक्री नामक दुर्लभ सर्पको नेपालमा पहिलोपटक भेटाउनु भएको ।

३) कृपा चापागाई : शिवसताक्षी–८ झिलझिले । वर्ष १५ । कराते खेलाडी । भारतमा भएको इन्डो नेपाल इन्टर स्कुल कराते प्रतियोगितामा च्याम्पियन । कोशी प्रदेशस्तरीय कराते प्रतियोगितामा १४ जिल्लाका प्रतिष्पर्धीलाई जित्दै प्रथम ।

४) डा: सीआर (चेवन) कार्की : गौरादह–१ । पूर्णटुंग विर्तासिटी अस्पतालमा कार्यरत । जीवन रक्षा होम केयरका संस्थापक सीइओ । अमेरिकी विश्वविद्यालयबाट वाइल्डरनेस मेडिसिन (जंगली चिकित्सा) मा फेलोसिप । फ्रन्टलाइन डक्टर्स नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष (मेडिकल डाक्टरहरुको संस्था) ।

५) रचना रिमाल : गायिका । भद्रपुर–९ चन्द्रगढी । २३ वर्ष । २००० भन्दा बढी गीतमा स्वर ।

६) सबिन बाँस्कोटा : नवप्रवर्तन । १८९ वर्षीय । बुद्धशान्ति–१ बुधवारे । देवी मावि विर्तामोडमा कक्षा १२ मा अध्ययनरत । हवाइजहाज, वाकीटकी, विद्युतीय बाइक, सेन्सर धारा, सेन्सर सिसि क्यामेरा, मिनी एसी लगायतका आविष्कारहरु ।

७) अशोक दर्जी : गायक तथा कलाकार । दमक, भालुखोला । १६ वर्ष । भक्तपुरस्थित मेरीगोल्ड स्कुलमा कक्षा ९ मा अध्ययनरत् । जिरोबाट हिरो बन्नुभयो । सडकमा गाउँदै हिँड्ने बालक आज मन बिनाको धन सिनेमाको नायक ।

८) कृपा ढकाल : उद्यमी । विर्तामोड–१ । जन्म इलाम–१ । २६ वर्षीया । गणपति बेकरीकी अपरेसन इञ्चार्ज । ५० जनालाई रोजगारी, अधिकांश महिला । विर्तामोड, काँकरभिट्टा र भद्रपुरमा आउटलेट पसल ।

९) हरिकृष्ण भण्डारी : धार्मिक अभियन्ता । मेचीनगर–१३ पुरानो धाइजन । युवा पुराण बाचक । पूर्वीय दर्शनका अध्येता । सरगम एफएम, सूर्योदय टेलिभिजन, आँगन एफएम लगायतका सञ्चार माध्यममा पत्रकारको रुपमा अनुभव ।

१०) जयराम दाहाल : पर्वतारोही । मेचीनगर–१५ ज्यामिरगढी । २८ वर्ष । सर्वोच्च शिखर सगरमाथाको फोर्थ क्याम्प पुगिसकेको । ८००० मिटर माथिका हिमाली चुचुरोहरु लोबुचे पिक तीन पटक आरोहण, आइसल्यान्ड पिक चार पटक आरोहण । सगरमाथामा पुग्ने लक्ष्य ।

११) अनन्त तामाङ : फुटबलर । शिवसताक्षी–११, झिलझिले । राष्ट्रिय फुटबल टोली सदस्य । डिफेन्स लाइनको नेतृत्व गर्दै ७१ क्याप बिजेता । बंगबन्धु गोल्डकप, एफसी सोलिडारिटी कपमा नेपाललाई स्वर्ण पदक दिलाउन महत्त्वपूर्ण योगदान । सन् २०१५ मा साफ यु–१९ मा नेपाल च्याम्पियन बनाउन भूमिका ।

१२) तनुजा पाण्डे : जलवायु अभियन्ता । दमक बसोबास । धनगढीमा जन्म । जेनजी आन्दोलनको प्रमुख मध्येकी नेता । हरिन नेपालकी संस्थापक अध्यक्ष । सिड्नीमा हालै आयोजित अस्ट्रेलियन स्टाटेजिक पोलिसी डाइलडमा नेपालको जलवायु अभियन्ताको रुपमा विशेष प्रस्तुति । जुन फोरममा भारतका प्रधानमन्त्री नरेन्द्र कुमार मोदीले मञ्च साझा गर्नु भएको थियो । बीबीसी, अल जजिरा, सीएनएन, न्यूयोर्क टाइम्स, टाइम्स अफ इन्डिया लगायतका अन्तर्राष्ट्रिय मिडियाहरुमा उहाँको चर्चा ।

१३) अंकित सुबेदी : क्रिक्रेटर । भद्रपुर–८ । २४ वर्ष । कोशी प्रादेशिक क्रिक्रेट टोलीका कप्तान । २०७९ मा राष्ट्रिय प्रतियोगितामा शानदार शतक । रन मेसिन पनि भन्छन ।

१४) राहुल बिष्ट । तेज मगर । उत्सव दाहाल : मेचीनगर, भद्रपुर र विर्तामोड । उहाँहरुले बनाएको वाइफाई थिप डिटेक्टर नाम एप इजरायलको राउन्डस् एआई लिमिटेडले रु १३ लाखमा खरिद गरेको ।

१५) मनिषा राजबंशी : कला र मोडलिङ । बाह्रदशी–६ । थाइल्यान्डमा सन् २०२४ मा भएको हेरिटेज पेटाइट युनिभर्समा विनरको ताज बिजेता । ४४ देशका सहभागी थिए । स्नातकोत्तर तह उत्तीर्ण ।