मेचीनगर, माघ ११ । मेचीनगर लेडी जेसीजको अध्यक्षको कार्यभार रिता श्रेष्ठले सम्हाल्नु भएको छ । शनिवार सम्पन्न १२ औं पद हस्तान्तरणको भब्य समारोहमार्फत मेचीनगर लेडी जेसीजको बर्ष सन २०२६ को अध्यक्षको रुपमा श्रेष्ठले कार्यभार सम्हाल्नु भएको हो ।
बर्ष सन २०२५ को अध्यक्ष सबिता पोखरेलको गलामा रहेका जेसीज चेन श्रेष्ठको गलामा पहिर्याउँदै श्रेष्ठलाई अध्यक्षको कार्यभार हस्तान्तरण गरिएको थियो । लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, पुर्व अध्यक्षहरु टिका सुवेदी, शोभा श्रेष्ठ नेम्वाङ, सुनिता पनेरु, शुशिला खतिवडा, उषा श्रेष्ठ, तुलशा दंगाल लगायतले २०२५ अध्यक्षको गलामा भएको जेसीज चेनलाई नवनिर्वाचित अध्यक्ष श्रेष्ठको गलामा पहिर्याउँदै पद हस्तान्तरण गरिएको थियो ।

त्यस्तै लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा शर्मिला दाहाल तिम्सिना र नविना डाँगी, उपाध्यक्षहरुमा प्रमिला ओली, तेजकुमारी घिमिरे, सोनिका भट्टराई र सृजना घिमिरेलाई समेत बर्ष २०२६ को पदभार ग्रहण गराइएको थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको कार्यालयको सभाहलमा आयोजना भएको लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, वर्ष २०२५ की अध्यक्ष सविता पोखरेल, वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठ, प्राज्ञ शुभद्रा भट्टराई अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा इष्ट होराइजन अंग्रेजी स्कुल धुलाबारीका नानीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

पूर्व अध्यक्ष तथा निर्वाचन संयोजक उषा श्रेष्ठले निर्वाचितहरुको घोषणा गर्नु भएको कार्यक्रमको स्वागत कार्यकारीणी उपाध्यक्ष सुनिता कोइरालाले गर्नु भएको थियो । लक्ष्मी कोइराला संयोजक रहनु भएको पद हस्तान्तरण सामारोहको सञ्चालन मेचीनगर लेडी जेसीज वर्ष २०२५ की महासचिव शर्मिला तिम्सिनाले गर्नु भएको थियो ।