झापा, माघ ७ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा १७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन । मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइटेलका अनुसार दुई स्वतन्त्र सहित १७ जनाको उम्मेद्वारी दर्ता भएको हो ।
नेपाली कांग्रेसका तर्फबाट राजेन्द्रकुमार घिमिरेले उम्मेद्वारी दर्ता गराउनुभएको छ । त्यस्तै नेकपा एमालेको तर्फबाट हरिबहादुर राजवंशीले उम्मेद्वारी दर्ता गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट डिल्लीराम घिमिरेले उम्मेद्वारी दिनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रकाश पाठक, नेपाल मजदुर किसान पार्टीको तर्फबाट धर्मलक्ष्मी लधु, जनमत पार्टीको तर्फबाट हर्षलाल राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट यमकुमार श्रेष्ठ, श्रम संस्कृति पार्टीको तर्फबाट दिपक तिम्सिना, जसपाको तर्फबाट बिनिताकुमारी राजवंशी, उज्यालो नेपाल पार्टीको तर्फबाट श्यामकृष्ण पाठक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट चन्द्रकला साँवा, जसपा नेपालको तर्फबाट कर्णलाल राजवंशी, नेशनल रिपब्लिक नेपालको तर्फबाट जयन मगर र नेकपा माओवादी (बिप्लब) को तर्फबाट सन्तोष कट्वालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
झापा ३ मा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । अभय राजवंशी र मानबहादुर संग्रौलाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नु भएको सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईले जानकारी दिनुभयो ।