मेचीनगर, माघ ६ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता भएको छ । देशका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फको उम्मेद्वारी आज दर्ता भएको हो । झापाका पनि सबै पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता भएको छ । झापा १ मात्रै १५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन । झापा १ का निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार दुई स्वतन्त्र सहित १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन ।

नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी प्रस्तावक र महाधिवेशन प्रतिनिधि लोकराज ढकाल समर्थनमा मेचीनगर ७ निवासी पाण्डेले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

त्यस्तै नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेतीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । एमाले नेता विष्णु प्रसाई प्रस्तावक र श्रीप्रसाद मैनालीको समर्थनमा मेचीनगर ६ निवासी उप्रेतीले उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ ।

राष्ट्रय स्वतन्त्र पार्टीका तर्फबाट निशा डाँगीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रेमराज घिमिरे प्रस्तावक र असिम दाहालको समर्थनमा भद्रपुर निवासी डाँगीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट इन्जिनियर अशेष घिमिरेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । राजन चिमरियाको प्रस्ताव र बोधराज दाहालको समर्थनमा मेचीनगर १० घिमिरेले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हेमराज कार्कीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । कार्की मेचीनगर ४ बाहुनडाँगी निवासी हुनुहुन्छ । श्रम संस्कृति पार्टीका तर्फबाट केवलराम राईले उम्मेद्वारी दर्ता गराउनु भएको छ । राई मेचीनगर ६ काकरभिट्टा निवासी हुनुहुन्छ ।

मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) को तर्फबाट सन्तोस तामाङले उम्मेद्वारी दर्ता गराउनु भएको छ । तामाङ मेचीनगर २ निवासी हुनुहुन्छ । उज्यालो नेपाल पार्टीका तर्फबाट नरेश कुमार लावतीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । लावती मेचीनगर १ निवासी हुनुहुन्छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिरण्य प्रसाद भट्टराईले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने नेपाल जनमुक्ती पार्टीका तर्फबाट खान्द्रु बुरुवाले उम्मेद्वारी दर्ता गराउनु भएको छ । जनता समाजवादी पार्टीका तर्फबाट रमा मेचेले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट मान बहादुर साँवा लिम्बुले उम्मेद्वारी दर्ता गराउनु भएको छ । नेपाल सदभावना पार्टीका तर्फबाट ओलिन राजबंशीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

झापा १ मा दुई जना उम्मेद्वारले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । मेचीनगर ८ निवासी गणेशप्रसाद खरेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ भने दुर्गा प्रसाद सावाँ लिम्बुले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ ।