बिर्तामोड, माघ ४ । मानवअधिकारवादी अगुवा कृष्ण पहाडीले देशका सबै अंगहरू फेलियर भएर भदौ २३ को घट्ना भएको बताउनु भएको छ । मानव अधिकार तथा शान्ति समाज झापा शाखाले आज बिर्तामोडमा गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले भन्नुभयो,`देशको मल्टी अर्गान फेलियर भए पछि भदौ २३ को घट्ना भयो ।´ वहाँले स्थानीय तह, कार्यपालिका, न्यायपालिका जस्ता संस्थाहरूले जनविश्वास गुमाएको र भ्रष्टचारले संस्थागत रूप लिएकाले भदौ २३ को दिन आएको बताउनु भयो ।
पहाडीले राष्ट्रिय सहमति जुटाएर संविधान संसोधन गर्नु पर्ने बताउनु भयो । राजनितिक स्थिरताका लागि,शुसाशानका लागि, अराजकता अन्त्यका लागि संविधान संसोधन हुनु पर्छ, पहाडीले भन्नुभयो,`अहिलेको समानुपातिकको संख्याले स्थिरता हुन दिएन ।´
फागुन २१ को निर्वाचन हुनै पर्ने बताउँदै पहाडीले भन्नुभयो,`निर्दलिय सरकार लामो समय सञ्चालन हुँदा नागरिक सर्बोच्चताको उपहास हुन्छ ।´
मानव अधिकार तथा शान्ति समाज झापा शाखाका सभापति प्रकाश दाहालको सभापतित्वमा सम्पन्न नागरिक सम्बाद कार्यक्रममा समाजका केन्द्रिय सभापति रेणुका पौडेलले समाजका अभियानका बारेमा बताउनु भयो । कार्यक्रममा समाजका महासचिव प्रकाश शाहीले अवधारणा पत्र बाचन गर्नु भएको थियो भने केन्द्रिय सदस्य नम्रता खरेलले नागरिक संवाद अभियानको बारेमा जानकारी गराउनु भयो । कार्यक्रममा समाजका संस्थापक सदस्य लिला खनालले दण्डहिनताको अन्त्यका लागि पनि फागुन २१ को निर्वाचन अपरिहार्य भएको बताउनु भयो ।
चर्चित कवि अर्जुन पराजुलीको मार्मिक कविताले ध्यान खिचेको कार्यक्रममा उपस्थित हुनु भएका समाजका जिम्मेवार व्यक्तित्वहरूले समसामहिक राजिनितिक र सामाजिक बिषयको अन्तरक्रियामा सकृय सहभागिता जानउनु भएको थियो ।
इन्द्रचन्द्र क्याम्पसको सभाकक्षमा आयोजित नागरिक संवाद कार्यक्रम समाजका पुर्व केन्द्रिय सदस्य पुष्पराज पौडेलले स्वागत मन्तव्य तथा सचिव युवराज ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।