बाहुनडाँगी, पुष १० । रोटरी क्लव अफ मेचीनगरले आज बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मेचीनगर १ को पर्यटकीय क्षेत्र मिनि माउण्टेनमा क्लवले आज पाँचौ साधारण सभा तथा चौथो क्लव एसेम्ली सम्पन्न गरेको हो ।
क्लवका अध्यक्ष शर्मिला पाठकको अध्यक्षता तथा रोटरीका एसिस्टेन्ट गर्भनर विनोद चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा अध्यक्ष पाठकले क्लवले यो बर्ष गरेका कामहरुको बारेमा जानकारी सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मानविय सेवामा सर्पित रोटरी अभियान अन्तर्गत रोटरी क्लव अफ मेचीनगरले स्थानीयस्तरमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेको र अन्य क्लवहरुसंगको समेत सहकार्यमा विपदमा परेका नागरिकहरुको सहयोगका लागि समेत परियोजना निर्माण गरेर काम गर्ने प्रयासलाई जारी राखेको अध्यक्ष पाठकले बताउनु भयो ।

साधारण सभाका प्रमुख अतिथि असिस्टेन्ट गर्भनर चापागाईले रोटरीले गर्ने अभियानका कार्यक्रममा क्लवका सम्पूर्ण सदस्यहरुले योगदान गर्नु पर्नेमा जोडदिनु भएको थियो । वहाँले क्लवले कस्ता कार्यक्रम गर्यो भन्ने कुरासंगै मानविय सेवामा कसरी काम गर्यो भन्ने बिषयले महत्व पाउने बताउनु भयो ।
रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्रीले साधारण सभा मार्फत छ महिना अघि नै आगामी बर्षको बोर्ड गठन गर्नु पर्ने उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो । साधारण सभाले क्लवको लेखा परीक्षण प्रतिवेदन समेत सर्बसम्मतीले पारित गरेको थियो ।

साधारण सभाले रोटा बर्ष २०२६/२७ का लागि कार्यसमिति समेत गठन गरेको छ । रोटरीको विधान अनुसार दुई बर्ष अघि नै सम्बन्धीत बर्षको अध्यक्ष चयन हुने प्रक्रिया शुरु हुने व्यवस्था अनुसार रोटा बर्ष २०२५/२६ का प्रेसिडन्ट इलेक्टल दिनेश शाक्यलाई आजको साधारण सभाले आगामी जुन १ तारिक देखि सुरु हुने रोटा बर्ष २०२६/२७ लागि अध्यक्ष चयन गरेको छ । सभाले अध्यक्ष घोषणा गरे पछि शाक्यले आफ्नो कार्यकालका लागि क्लवको बोर्ड पुरा गर्नु भएको थियो । जस अनुसार आगामी बर्षको प्रेसिडेन्ट इलेक्टमा भुमि पौडेल, प्रेसिडेन्ट नोमिनी कृष्ण काफ्ले, भिपी १ मा ध्रुव कुमार ओली, भिपी २ मा नयन बराल, सचिवमा निरज श्रेष्ठलाई चयन गर्नु भएको छ ।
त्यस्तै कोषाध्यक्षमा गोपाल चुडाल, सर्जेन आर्ममा गिता पौडेल, टिच कोअर्डिनेटरमा थिङ्कु नेम्वाङ, युथ सर्भिस चियरमेनमा आयुस्मान निरौला, क्लव ट्रेनरमा अनन्त वस्ती, क्लव एडमिनमा कपिल क्षेत्री, मेम्बरसिप चेयरमेनमा निखिल बंशल, पब्लिक इमेज चेयरमेनमा धर्मेन्द्र खड्का, सर्भिस पोजेक्टमा कमल कोइराला, सहसचिवमा पवित्रा विमली प्रसाई र सहकोषाध्यक्षमा आनन्द खड्कालाई चयन गरिएको आगामी बर्षका अध्यक्ष शाक्यले बताउनु भयो ।

त्यस्तै जोइन्ट मेम्बर चेयरमेनमा विष्णु बुढाथोकी, जोइन्ट पब्लिक इमेज चेयरमेनमा सञ्जीव शाह र जोइन्ट युथ सर्भिसमा चन्द्र घोर्साइलाई चयन गरेको शाक्यले घोषणा गर्नु भयो ।

साधारण सभामा मेचीनगरका पुर्व नगरप्रमुख बिमल आचार्य र कल्याण खड्का सहित क्लवका पुर्व अध्यक्ष कमल कोइराला र क्लवका सदस्य तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रेसिडेन्ट इलेक्ट दिनेश शाक्यले स्वागत मन्तव्य राखेको साधारण सभाको सञ्चालन सचिव पवित्रा विमली प्रसाईले गर्नु भएको थियो ।
रोटरी क्लव अफ मेचीनगरका सदस्यहरुले साधारण सभा पछि पिकनिक खाएर नाचगान तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीकरण समेत गर्नु भएको थियो ।
