धुलाबारी, कार्तिक २५ । मेचीनगरका जेनजी युवाहरु संगठीत रुपमा सुरु गरेको युथ फर सोसाइटी मेचीनगरले वडा स्तरीय समिति गठन अभियान सुरु गरेको छ । भ्रष्टाचार बिरुद्ध स्थानीयस्तर जनदबाब र सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले मेचीनगरका जेनजी युवाहरुले गठन गरेको युथ फर सोसाइटी मेचीनगरले कार्तिक २४ गते ज्यामिगढीमा गरेको भेलाले मेचीनगर १५ को वडा स्तरीय समिति गठन गरेको हो ।
हिमाल आरोही तथा युवा सामाजिक अभियन्ता जयराम दाहाल संयोजक रहेकोमा समितिमा अध्यक्ष अध्यक्ष दिपेस राउत रहनु भएको छ । त्यस्तै उपाध्यक्षमा प्रकाश खड्का र कृष्ण राजबंशी रहनु भएको छ । त्यसैगरी सचिवमा आयुस्का श्रेष्ठ, सहसचिव सन्तोस राजबंशी र सृजना राजबंशी तथा कोषाध्यक्षमा स्मृति राउत र उपकोषाध्यक्षमा दिक्षा शाह रहनु भएको संयोजक दाहालले जानकारी दिनुभयो ।
समितिका सदस्यहरुमा हेमराज राजबंशी, तेज बहादुर गुरुङ, बिनोद राइ, सुनिल पाहान, अभिरल कटुवाल, असोक बुढाथोकी, श्याम राजबंशी, नितेश करुवा, स्नेहा राजबंशी, मनिषा बुढाथोकी, संगीता दाहाल, असोक बुढाथोकी, पर्बत घिमिरे, बिजय राजबंशी, पुजा संग्रौला योगेश घोर्साइ, मनिस बढाथोकी र दिपेस खवास रहेका छन ।
संयोजक जयराम दाहाल ।
समितिको पहिलो बैठकले विभिन्न बिषयमा छलफल गरी निर्णयहरु समेत गरेको संयोजक दाहालले सेतोपत्रलाई जानकारी दिनुभयो । वहाँका अनुसार बैठकले नेपालको संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई सूचनाको हक सुनिश्चित छ । त्यस अनुसार युथ फर सोसाइटी वडा नं. १५ का तर्फबाट वडा कार्यालयमा पत्रमार्फत सार्वजनिक सूचना, अनुदान, तालिम, बैठक, नियुक्ति आदि सम्बन्धी जानकारी लिने, प्राप्त सुचनाहरु सामाजिक सञ्जालमार्फत निःशुल्क रूपमा सबैसम्म र्पुयाउने, मेचीनगर र–१५ सफा राख्ने अभियान अन्तर्गत फोहर संकलन गाडी नगरपालिकाले तोकेको तालिकाअनुसार हरेक हप्ता पठाउन अनुरोध पत्र दिने, मेचीनगर–१५ भित्रका नबलेका सडक बत्तीहरू मर्मत र परिवर्तनका लागि वडा कार्यालय र जनप्रतिनिधिलाई पत्र दिने र संस्थाले देश–विदेशमा रहेका सबै सामाजिक कार्य गर्दै आएका वा रुचि राख्ने सक्रिय युवाहरूलाई पनि यस अभियानमा सहभागी हुन आव्हान गर्ने निर्णय गरेको छ ।
युथ फर सोसाइटी स्वतन्त्र रुपमा रहेका युवाहरुको संस्था भएको संयोजक दाहालले बताउनु भयो । ‘यो स्वतन्त्र युवाहरुको साझा संस्था हो,’ दाहालले भन्नुभयो, ‘यसमा राजनितिक दलको सदस्य लिएको व्यक्ति बस्न नपाउने व्यवस्था गरेका छौं ।’
स्थानीयस्तरको विकास निर्माणमा खबरदारी गर्नेदेखि आपद विपद परेका बेलामा सहयोग गर्ने समेत उद्देश्य लिएर गठन भएको युथ फर सोसाइटीको वडा भेलामा मेचीनगर १५ का जेनजी युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।