मेचीनगर, असोज २० । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा झापाका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । भदौ २४ गते झापाको बिर्तामोडमा जेनजी आन्दोलनमा सहभागि हुँदा सहिद हुनु भएकाहरु दिनेश राजबंशी र ज्ञानेन्द्र सेढेई (गोपाल) को स्मृतिमा झापा मेचीनगरका युवाहरुको समूह युथ फर सोसाइटी मेचीनगरले असोज २५ गते शनिवारका दिन म्याराथन दौडको आयोजना गरेको सोसाइटीका सचिव योगेश घोर्साइले जानकारी दिनुभयो ।
“सहिदहरु प्रति समर्पित म्याराथन दौड–५ के रोड रन” नाम दिइएको प्रतियोगिता मेचीनगर १५ स्थीत बिचार्नी चोकबाट धलाबारी चोकसम्मको पाँच किलोमिटर सडकमा आयोजना गरिएको सोसइटीका सदस्य जयराम दाहालले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनु भयो । वहाँका अनुसार म्याराथन दौडमा महिला र पूरुषको दुई समूह बनाइएर दौड प्रतियोगिता सञ्चालन गरिने छ ।
म्याराथन दौड सम्पन्न गर्न सागर राजबंशीको संयोजकत्वमा सात सदस्यीत समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । समिति सचिवमा योगश घोर्साइ, कोषाध्यक्षमा खिरोज बराल र सदस्यहरुमा जयराम दाहाल, आकाश खाती, अनुज दाहाल र अविरल कटुवाल रहुन भएको छ ।
दौड प्रतियोगिताका प्रथमले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजार नगद तथा ट्रफी, पदक र प्रमाण पत्र पाउने सोसाइटीका सदस्य कमल खड्काले बताउनु भयो । प्रतियोगिता विहान ठिक ७ बजे मेचीनगर १५ स्थीत बिचार्नी चोकको प्रहरी चौकीबाट सुरु हुने सदस्य तेजप्रकाश गुरुङले जानकारी दिनुभयो ।
म्याराथन प्रतियोगिता लागि सोसाइटीका सदस्यहरु भित्रैबाट केही रकम संकलन गरिएको र त्यस बाहेक पनि सहयोगी दाताहरुबाट समेत सहयोग संकलन गरिएकाले उक्त रकम झापाका जेनजी आन्दोलनका सहिद परिवारलाई हस्तान्तरण गरिने सोसाइटीका सदस्य सागर शिवाकोटीले बताउनु भयो । म्याराथन दौड प्रतियोगिता उदघाटन सत्रमा सहिद परिवारका सदस्यहरुको समेत उपस्थीति रहने बताइएको छ ।
युथ फर सोसाइटी मेचीनगरले यस अघि पनि इलाका प्रहरी कार्यालयलाई तीन थान कम्प्युटर हस्तान्तरण लगायतका मानविय सेवाका काम गरिसकेको छ । मेचीनगर क्षेत्रका एक सय भन्दा बढी युवाहरु संगठित भएको सोसाइटीले जेनजी आन्दोलनमा सहिद भएकाहरुको स्मृतिमा मेचीनगरका वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बसपार्क क्षेत्रमा विक्षारोपणका साथै डस्टबिन बितरण समेत गरेको छ ।
त्यस्तै मेचीनगर १० स्थीत धुलाबारी चोकमा रहेको धरहराको स्तम्भलाई पुननिर्माण गरि सोही ठाउँमा पुनस्थापना समेत सोसाइटीले नै गरिसकेको छ । सोसाइटीकै पहलमा ज्यामिरगढी प्रहरी चौकीलाई भाँडा बर्तन सहित खाद्यान्न सामग्री उपलब्ध गराईको छ भने केही दिनदेखि परेका अविरल बर्षाका कारण झापामा भएका बाढी पीडितहरुलाई राहत सामग्री समेत वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।