झापा, भदौ २५ । जेन जी समूहको आन्दोलनकारीहरुले झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा तोडफोड र आगजनी गरेका छन । आन्दोलनकारीहरुले मंगलवार दिउँसो इटाभट्टामा रहेको मेचीनगर नगरपालिकाको मुख्य कार्यालय परिषरभित्र पसेर आगजनी र तोडफोड गरेका छन ।
नगरपालिकाको मुख्य प्रशासनिक भवनको नगरप्रमुख, उपप्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, न्यायिक समितिको इजलास लगायतमा आन्दोलनकारीले आगजनी गरेका छन । नगरका अधिकाशं वडा कार्यालयहरुमा समेत आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन ।

त्यस्तै जनप्रतिनिध र दलका नेताहरुमा तोडफोड र आगजनी गरेका छन । आन्दोलनकारीको समूहले नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको घरमा तोडफोड र आगजनी गरेका छन । शर्माको मेचीनगर ९ धुलाबारीस्थीत घरमा मंगलवार दिउँसो आन्दोलनकारीको समूह पसेर तोडफोड र आगजनी गरेको छ । त्यसैगरी प्रदेश सांसद गोपाल तामाङको घरमा समेत आन्दोलनकारीले विध्वसं मच्चाएका छन । उनीहरुले काकरभिट्टामा रहेको तामाङको घरमा आगजनी र तोडफोड गरेका छन ।

आन्दोलनकारीको विध्वसं त्यतिमै रोकिएन उनीहरुले मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको मेचीनगर ९ स्थीत घरमा आगजनी गरेका छन भने उपप्रमुख मिना पोखरेल उप्रेतीको काकरभिट्टास्थीत घरमा आगजनी गरेका छन । आन्दोलनकारीको समूहले नेकपा एमालेका नेता बिष्णु प्रसाईको घरमा पनि आगजनी गरेका छन । प्रसाईको मेचीनगर ११ स्थीत घरमा आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेका छन ।
त्यस्तै एमाले नेता तथा पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनालीको काकरभिट्टास्थीत घरमा आगजनी गरेका छन । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाको घरमा समेत पसेर आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन ।
नेपाली काँग्रेसका झापा उपसभापति केशवराज पाण्डेको घरमा पनि आन्दोलनकारीहरुले तोडफोड गरेका छन । इटाभट्टास्थीत पाण्डेको घरमा मंगलवार दिउँसो सामान्य तोडफोड गरेका आन्दोलनकारीले राति पुन तोडफोड गरेर क्षती पुर्याएका छन ।

त्यसैगरी राप्रपाका नेता तथा प्रदेश सांसद सविना बजगाईको घरमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन । बजगाईको चारआलीस्थी घरमा आन्दोलनकारीले हिजो राति तोडफोड गरेका हुन । त्यस्तै मेचीनगर वडा नं. १२ का वडा अध्यक्ष मधु निरौलाको घरमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन ।
त्यस्तै आन्दोलनकारीले काकरभिट्टास्थीत मेची भन्सार कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन । उनीहरुले भन्सारको मुख्य कार्यालय र गोदाममा आगजनी र तोडफोड गरेर क्षती पुर्याएका छन । आन्दोलनकारीले पाँचतारे होटल मेची क्राउनमा समेत तोडफोड गरेका छन । हिजो राति आन्दोलनकारीको एउटा समुह मेची क्राउनमा पसेर तोडफोड गरेर क्षति पुर्याएका छन ।