बाहुनडाँगी, भदौ २२ । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ । जमघट चियाको प्रर्वद्धनका लागि आयोजना गरिएको फेसबुकमार्फत गरिएको टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको हो ।
प्रतियोगितामा मेचीनगर– २ का विनिता दंगाल र विशाल रोक्काले बनाएको टिकटक भिडियो प्रथम भएको छ भने मेचीनगर–१ का भूपेश गुरागाईंको भिडियो दोस्रो र मेचीनगर–४ की सम्झना सारुमगरका समूहले बनाएको भिडियो तेस्रो भएको छ ।
प्रतियोगिताको नतिजा निर्णयक मण्डलका संयोजक पत्रकार ज्ञानेन्द्र निरौलाले घोषणा गर्नु भएको थियो । निरौला सहित व्यवशायी तथा पुर्व बैंकर शर्मिला पाठक र कोरियोग्राफर उषा श्रेष्ठ रहेको निर्णायक मण्डलले भिडियो हेरेर नतिजा तयार पारेका थिए । प्रतियोगितामा भिडियोले पाएको भ्यूज, लाईक र शेयरबाट ५० प्रतिशत र निर्णायक मण्डलले भिडियोको अभियन, प्रस्तुतीकला, कथाबस्तु, बिषयबस्तु र जमघट चियाको ब्राण्डिङ लगायतका बिषयमा मूल्याकंन गरेर ५० प्रतिशत नम्बर दिन पाउने व्यवस्था गरिएको थियो ।
जमघट चियाका अध्यक्ष सचिन निरौलाले जमघट चियालाई माया गरेर उत्कृष्ट टिकटक भिडियो बनाउने सबैलाई धन्यवाद दिनुभयो । वहाँले हात्ती प्रभावित क्षेत्रका किसानहरुको जीवनसँग जोडिएको चियालाई देशभरका भान्सामा पुर्याउन प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता तथा पत्रकारहरुलाई समेत धन्यवाद दिनुभयो ।
प्रतियोगितामा प्रथमले २१ हजार, दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले ७ नगद प्राप्त गर्ने जमघट चियाका अध्यक्ष निरौलाले बताउनु भयो । पत्रकार सम्मेलनमा जमघट चियाका सञ्चालन सदस्यहरु माधव खतिवडा, शान्तिराम निरौला, अशोक सुब्बा, जयप्रसाद भण्डारी र शमशेर बहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।