धुलाबारी, भदौ ५ ।झापाकाे धुलाबारीमा फरक शैलीकाे कार्यक्रम गरेर तीज कार्यक्रम गरिएकाे छ । मेची उद्योग बाणिज्य संघ मेचीनगरकाे आयाेजना र राेटरी क्लेलव अफ मेचीनगरकाे सहकार्य रहेकाे कार्यक्रममा महिलाहरूलाइ फुलकाे गुच्छा अर्थात बुके बनाउने सीप सिकाएर तीज मनाईएकाे छ । ‘सीपसँग तीज’ कार्यक्रम नाम दिईएकाे कार्यक्रममा विभिन्न कार्यक्रममा प्रचलनमा आएकाे बुके बनाउन सिकाएकाे कार्यक्रम संयाेजक तथा वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी चाैहानले बताउनु भयाे ।
कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले महिलाहरुको महान पर्व हरितालिका तीजलाई भडकिलो नबनाएर सामाजिक संस्कारको रुपमा लिनु पर्ने बताउनु भयाे। तीजलाई माइती र चेलीको उत्सवको रुपमा मनाउनु पर्ने वहाँकाे धारणा थियाे ।
कार्यक्रममा बाेल्दै रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले एकदमै कम लागत मै आफ्नै फुलबारीमा पाइने फुल र पातहरुलाई कसरी सजिलै गरि आफै आकर्षक पुष्प गुच्च्छा तयारि गर्न सकिन्छ भन्ने जानकारी दिनु भयाे । वहाँले सिपलाई कसरी आय आर्जनमा परिणत गर्न सकिन्छ भन्ने कुरा प्रस्ट पार्नु भयाे । तीजमा केवल गीत र नाच मात्र हैन ,सिप सिकेर आत्मनिर्भर बनौ खर्च गर्ने भन्दा पहिले आम्दानी गर्न सिकौ भन्ने रोटरीको आफ्नो मुल मन्त्र रहेकाे पाठकले बताउनु भयाे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पालता उप्रेती, चारआलीस्थीत सर्पदंश केन्द्रकी चिकित्सक तथा नेपाली सेनाकी उपसेनानी डा.आस्मा ढंगोल लगायतले तीजलाई सीप सिकाएर मनाउने बिषयले महिलाहरूलाई आत्मनिर्भर बनाउने बताउनु भयाे । बक्ताहरूले तीजकाे परम्परालाई जाेगाउँदै महिलाहरूकाे शसक्तिकरणमा जाेड दिनु पर्ने बताएका थिए ।

कार्यक्रमका अध्यक्षता गर्नु भएकाे मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले मेचीनगरमा महिलाहरुले बनाएका बुक्के लगायतका उत्पादन गरेका सामग्रीहरु बेच्न र पर्यटकहरुलाई देखाउन कोशेली घर आवश्यक रहेको बताउनु भएकाे थियाे ।
वाणिज्य संघ कै सभाहलमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य संयोजक निर्मला चौहानले गर्नु भएकाे कार्यक्रममा ३० जना महिलाहरूले बुके बनाउन सिकेका थिए । बुके तालिममा सहभागीहरुलाई निलु थापा र रेजु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको स्वागत मेची उद्योग बाणिज्य सञ्चालन महासचिव दिनेश शाक्यले गर्नु भएकाे थियाे ।