काठमाण्डाै, भदाै ५ ।लिपुलेक प्रकरणमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र संसदकाे ध्यानाकर्षण गराउदै ६ बुँदे प्रस्ताव गर्नु भएकाे छ । महामन्त्री शर्माकाे सचिवालयले प्रेस नाेटमार्फत ६ बुदे प्रस्ताव बिहिवार सार्वजिक गरेकाे छ ।
`लिपुलेक हाम्रो हो l भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रती स्पष्ट विरोध छ,´ शर्माले भन्नुभयाे, `सरकार, संसद, दलहरू र सिंगो नेपाल राष्ट्रीयताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनु पर्छ l´
महामन्त्री शर्माले प्रस्ताव गरेका प्रस्तावहरू यस्ता छन ।
१) सर्वदलीय / सर्वपक्षीय बैठक सरकारको आह्वानमा l
२) बैठक मार्फत विकसित घटनाक्रममा हाम्रो एक्यवद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण l
३) हाम्रो संसदले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको `चुच्चे नक्सा´ प्रती देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता l
४) भारत र चीन बिच 15 मे 2015 मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कुटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन कुटनैतिक नोट l
५) ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी l प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषय प्रवेश l
६) नेपाल-भारत सिमा र सम्बन्धबारे बौद्धिक सुझावकालागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समुह EPG (Eminent Persons Group ) को ७ बर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य बिषयहरु समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव l