धुलाबारी, भदाै १ । राेटरीका डिस्ट्रिक गर्भनर विनाेद काेइरालाले आज झापाकाे राेटरी क्लव अफ मेचीनगरकाे भ्रमण गर्नु भएकाे छ । डिस्ट्रिक गर्भनर काेइरालाले क्लव तेस्राे एसेम्बलीमा प्रमुख अतिथिका रूपमा सम्बाेधन गर्दै राेटरी क्लव अफ मेचीनगरले गरेका कामकाे प्रशंसा गर्दै सामाजिक र मानविय सेवामा राेटरीलाई थप समर्पित बनाउन आग्रह समेत गर्नु भएकाे थियाे ।
राेटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठककाे अध्यक्षतामा सम्पन्न डिस्ट्रिक गर्भनर भ्रमण तथा क्लव एसेम्बली कार्यक्रममा अध्यक्ष पाठकले क्लवकाे गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । अध्यक्ष पाठकले क्लवले अहिलेसम्म गरेका कामकाे चर्चा र आगामी याेजनाहरूका बारेमा प्रतिवेदनमा बिस्तृत रूपमा प्रस्तुत गर्नु भएकाे थियाे ।

डिस्ट्रिक गर्भनरकाे क्लव भ्रमणकै अवसरमा चार जना नयाँ सदस्यहरू बिष्णु बुढाथाेकी, खेम पाेखरेल, महादेवलाल अग्रवाल र नगेन्द्र कुमार तामाङलाई राेटरी पिन र प्रमाण पत्र वितरण गरिएकाे क्लवकी अध्यक्ष पाठकले जानकारी दिनु भयाे ।
कार्यक्रममा विशेष अतिथि डिस्ट्रिक सेक्रेटरी सुभाष सिग्देल, अतिथिहरू असिस्टेन्ट गभर्नर विनोद चापागाई र डिस्ट्रिक जाेईन्ट सेक्रेटरी सुजन प्रधानको उपस्थिति रहेको कार्यक्रमका वक्ताहरुले मेचीनगर रोटरी क्लबको सामाजिक अभियान तथा शिक्षा, स्वास्थ्य र वातावरणमैत्री परियोजनाकाे प्रशंसा गर्दै निरन्तर सक्रियता देखाउन आग्रह गर्नु भयाे ।

धुलाबारीस्थीत अतिथि हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरमा सम्पन्न कार्यक्रममा पाँच वटा स्टेण्डिङ कमिटिका डिरेक्टरहरू किशाेर क्षेत्री, आयुस्मान निराैला, दृश्या प्रधान, उषा श्रेष्ठ र नयन बरालले आआफ्नाे प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । राेटरी क्लव अफ मेचीनगरका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे कार्यक्रम सचिव पवित्रा बिमली प्रसाईकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

डिस्ट्रिक गर्भरन सहितकाे राेटरीयनहरूकाे टाेलीले राेटरी क्लव अफ मेचीनगरले केही दिन अघि बृक्षाराेपण गरेकाे मेचीनगर १० स्थीत नन्दा काेरिडाेरकाे स्थलगत अवलाेकन समेत गरेकाे अध्यक्ष पाठकले बताउनु भयाे ।