झापा, साउन २९ । नेपाली चलचित्र मोहरको केही दिन अघि झापामा च्यारिटी शो गरिएको छ । रोट्रयाक्ट क्लव अफ मेचीनगरको आयोजना तथा र रोटरी क्लव अफ मेचीनगरको संयोजनमा साउन २५ गतेका दिन बिर्तामोडका पाथिभरा सिने प्लाजा र क्यूएफएक्स सिनेमा हलमा चलचित्र मोहरको च्यारिटी शो सम्पन्न गरिएको रोट्रयाक्ट क्लव अफ मेचीनगरका अध्यक्ष राज अग्रवालले जानकारी दिनुभयो । मोहरका अभिनेता चर्चित कलाकार पल शाहको समेत उपस्थीतिमा सम्पन्न च्यारिटी शोमा दर्शकहरुको उत्साहपूर्ण उपस्थीति रहेको अध्यक्ष अग्रवालले बताउनु भयो ।

देशभरका हलहरुमा प्रर्दशनमा आएको चलचित्र मोहरको च्यारिटी शोमा विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि, व्यवशायी र आम सर्वसाधारणको उपस्थीति रहेको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार चलचित्र मोहरलाई दर्शकहरुले मन पराएको प्रतिक्रिया दिएका छन । रोटरी क्लवको सामाजिक उत्तरदायित्व तथा कोष बृद्धिका लागि च्यारिटी शोको आयोजना गरिएको पाठकले बताउनु भयो । समाज रुपान्तरणका विभिन्न गतिविधिलाई रोटरीले निरन्तरता दिने वहाँको भनाई छ ।

बिर्तामोडस्थीत एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले मुख्य प्रायोजन तथा स्मार्ट जीमले सहयोग गरेको च्यारिटी शो मार्फत संकलन भएको रकम रोटरी क्लवले गर्ने विभिन्न सामाजिक कार्यका लागि खर्च गरिने रोट्रयाक्ट क्लव अफ मेचीनगरका अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।
फिल्म मेकर्स प्रालिले निर्माण गरेको चलचित्र मोहरका निर्माता चुमनजंग शाही रहनु भएको छ भने निर्देशकका ओम प्रतिक रहनु भएको चलचित्र मोहरमा देवी देवताको सेवाका नाममा अवोध बालिकालाई देउकी छोड्ने प्रथाको बिरुद्ध जनचेतना फैलाउने कथाबस्तु रहेको चलचित्र निर्माण पक्षले जनाएको छ ।

पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्मा लगायतको अभिनय रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको सङ्गीत, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन र दीपेन बस्न्यातको डीओपी रहेको छ ।