झापा,साउन ७ । यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार उद्धव पुरी लाई सम्मानित हुनुभएको छ । प्रेस सेन्टर नेपाल झापा शाखाले जनपक्षीय पत्रकार देवकुमार आर्चाय (डी. कौडिन्य)को स्मृतिमा स्थापना गरेको पुरस्कार यस बर्ष शब्दपत्र डटकमका सम्पादक पुरीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी ४२ हजार रुपैयाँ रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङ लगायतले पुरीलाई दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रत्येक वर्ष पत्रकारीतामा महत्वपुर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रदान गरिदै आएको छ ।
झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्य सहित शंकर घिमिरे र खगेन्द्र दंगालको शाही सेनाले वि.सं. २०५९ साउन ७ गते चारआली व्यारेकभित्र हत्या गरेको थियो । उहाँको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डी. कौडिन्यको योगदानबारे केन्द्रिय सदस्य राजु पाठकले जानकारी गराउनुभएको थियो । स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेती र सहसचिव राज सम्पाङले संयुक्त रूपमा गर्नुभएको थियो । सो अवसरमा प्रेस सेन्टर नेपाल कोशी प्रदेश सदस्य आइपी भट्टराईले डी. कौडिन्य स्मृति पत्रकारिता कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको थियो।
कार्यक्रममा पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, प्रेस सेन्टरका केन्द्रिय सचिव दिपीन राई, मिडिया नेपाल झापाका अध्यक्ष रंजित प्रसाई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, डी. कौडिन्यकी धर्मपत्नी यमुना आचार्य, जनपत्रकार मञ्च झापाका संयोजक प्रविण अधिकारी, र नेकपा माओवादी केन्द्र कोशी प्रदेश उपाध्यक्ष विजय साम्पाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।