धुलाबारी, साउन ५ । मेचीनगर लेडी जेसीजले आफ्नो १२ औं स्थापना दिवसको अवसर पारेर निशुल्क लेजर थेरापी प्रविधिबाट उपचार सेवा उपलब्ध गराइएको छ । मेचीनगर लेडी जेसीज पुर्व अध्यक्ष क्लवको आयोजनामा सम्पन्न कार्यक्रममा नशा सम्बन्धी विभिन्न समस्या भएकाहरुका लागि अति उपयोगि लेजर थेरापीबाट उपचार गरिएको थियो ।
लेडी जेसीजका सदस्यसहित अन्य स्थानीयहरु सहभागि कार्यक्रममा विभिन्न कारणबाट शरिरका फरक फरक ठाउँमा दुखाई भएका, अप्ठ्यारो महशुस गरेकाहरुर्ला लेजर थेरापी विधिबाट उपचार गराइएको मेचीनगर लेडी जेसीजकी निवर्तमान अध्यक्ष पवित्रा विमली प्रसाईले जानकारी दिनुभयो ।

बिर्तामोडस्थीत डेजोए संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएको कार्यक्रममा लेजर थेरापीलाई पुर्वी नेपालमा परिचित गराउँदै सहज तरिकाले उपचार गर्ने योजनाका साथ यो प्रविधि भित्र्याएको डेजोए बिर्तामोड शाखाका प्रमुख गिरिधर श्रेष्ठले बताउनु भयो ।
मेचीनगर लेडी जेसीज पुर्व अध्यक्ष क्लवकी अध्यक्ष उषा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा करीब ३० जनाले लेजर थेरापीबाट उपचार सेवा लिएका थिए । थेरापीष्टहरु केशव अधिकारी र कृष्ण थापाले लेजर थेरापीबाट उपचार गराउनु भएको थियो । मेचीनगर लेडी जेसीज जगतदाता बृद्धाश्रमको सभाहलाम सम्पन्न कार्यक्रममा लेडि जेसीजका पुर्वअध्यक्ष, सदस्य तथा पत्रकारहरुको उपस्थीति रहेको थियो ।

त्यस्तै आजै मेचीनगर लेडि जेसीज पुर्व अध्यक्ष क्लवको पद हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । जेसीज पुर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाबीच लेडि जेसीज पुर्व अध्यक्ष क्लवको वर्तमान अध्यक्ष उषा श्रेष्ठले नयाँ अध्यक्षका रुपमा चयन हुनु भएकी मेचीनगर लेडी जेसीज सन २०१७ की अध्यक्ष शोभा श्रेष्ठ नेम्वाङलाई पद हस्तान्तरण गर्नु भएको थियो । नयाँ अध्यक्ष नेम्वाङ जिल्ला बाहिर रहनु भएकाले पुर्व अध्यक्ष क्लवका सचिव पवित्रा विमली प्रसाईलाई श्रेष्ठले बैठक पुस्तीका हस्तान्तरण गरेर पद हस्तान्तरण गर्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा गरिएको पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी पोखरेलले जिल्ला भरिका जेसीजहरुको छाता संस्थाका रुपमा रहेको जेसीज पुर्व अध्यक्षीय समाज झापाले केही दिनमा नै जिल्ला प्रसाशन कार्यालयमा दर्ता प्रक्रिया पुरा गर्ने जानकारी गराउनु भयो । वहाँले जेसीज शाखाहरुलाई आवश्यकता अनुसार सहयोगी भूमीका खेल्ने बताउनु भयो । कार्यक्रममा धुलाबारी जेसीजका अध्यक्ष डिल्लीराम भण्डारी, लेडि जेसीजकी संस्थापक सल्लाहाकार लक्ष्मी राई, पत्रकार ज्ञानेन्द्र निरौलाले शुभकामना मन्तव्य राख्नु भएको थियो । लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष लक्ष्मी कोइरालाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन लेडी जेसीजकी अध्यक्ष सविता पोखरेल र महासचिव शर्मिला दाहालले गर्नु भएको थियो ।