झापा,असार २७ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। आज गभर्नर डा. विश्वनाथ पौडेलले राजधानीमा एक कार्यक्रममार्फत २४औं मौद्रिक नीति सार्वजनिक गर्नुभयो।
५४ पृष्ठको मौद्रिक नीति कर्जा प्रवाह सहज बनाउने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित ल्याइएको छ। राष्ट्र बैंकले मुद्रा आपूर्तिमा १३ प्रतिशत र निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
यस वर्षको नीतिमा ब्याजदरमा समेत केही लचीलोपन देखिएको छ। बैंकदर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको छ भने ब्याजदर करिडरको तल्लो सीमा मानिने निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा झारिएको छ। यस्तै, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाइएको छ।
घरजग्गा क्षेत्रलाई थप सक्रिय बनाउन निजी आवासीय घर निर्माण तथा खरिद कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। यस्तै, सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा १५ करोडबाट २५ करोड रुपैयाँसम्म बढाइएको छ।
विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब २५ सय अमेरिकी डलरको सट्टा ३ हजार डलरसम्म सटही गर्न पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकतानुसार पुँजी वृद्धि गर्न पाउने व्यवस्था गरिएको छ।
लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने प्रावधानबारे पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ। गभर्नर पौडेलले चालु आर्थिक वर्षदेखि यस प्रावधानमा पुनरावलोकन गरिने जानकारी दिनुभयो ।
यस्तो छ मौद्रिक निति :-