झापा, असार १८ । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ५० लाख रकम छुट्याएको छ ।
त्यस्तै नगरस्तरीय बजेटका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ बजेट बिनियोजन गरेको छ । मेचीनगरका १५ वटा वडालाई जनसंख्या र भुगोलका आधारमा समानूपातिक रुपमा बजेट बिनियोजन गरेको नगरपालिकाले दाबी गरेको छ ।
वडामा बिनियोजन गरेको बजेट अनुसार वडा नं. १ मा ९९ लाख १० हजार २९१ रुपैयाँ, वडा नं. २ मा एक करोड ९२ हजार ३८६ रुपैयाँ, वडा नं. ३ ले एक करोड ५ लाख २३ हजार ८०२ रुपैयाँ, वडा नं. ४ मा ९५ लाख ९३ हजार ७६ रुपैयाँ र वडा नं. ५ मा ९३ लाख ७४ हजार २७४ रुपैयाँ, वडा नं. ६ मा एक करोड ४१ लाख ४३ हजार ४०२ रुपैयाँ बजेट बिनियोजन भएको छ ।
असार १० गते नगरसभा उदघाटन सत्रमा उपप्रमुख मिना पोखरेल उप्रेतीले प्रस्तुत गर्नु भएको बजेट भाषणका अनुसार वडा नं. ७ मा एक करोड २२ लाख ५३ हजार ३४४ रुपैया, वडा नं. ८ मा एक करोड १२ लाख ७ हजार ७८८ रुपैयाँ बजेट बिनियोजन हुँदा वडा नंं ९ मा एक करोड १५ लाख ४३ हजार ६१८ रुपैयाँ, वडा नं. १० मा एक करोड ३५ लाख १२ हजार २५६ रुपैयाँ बजेट छुट्टीएको छ ।
त्यस्तै वडा नं. ११ मा ९७ लाख ९० हजार २५७ रुपैयाँ, वडा नं. १२ मा ९९ लाख एक हजार ८४१ रुपैयाँ, वडा नंं १३ मा एक करोड ४ लाख ३ हजार १५० रुपैयाँ, वडा नं. १४ मा एक करोड ७ लाख ४२ हजार ६८८ रुपैयाँ र वडा नं. १५ मा एक करोड १९ लाख ७९ हजार ४५९ रुपैयाँ बजेट बिनियोजन भएको छ ।
आगामी आर्थिक बर्षका लागि मेचीनगर नगरपालिकाले एक अर्ब ८२ करोड ६८ लाख ६ हजार ४३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।