मेचीनगर, असार १४ । कक्षा १० को बार्षिक परीक्षा (एसईई) को नतिजा हिजो सार्वजनिक भएको छ । कुल विद्यार्थी संख्याको ६१.८१ प्रतिशत विद्यार्थी ग्रडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०८१ को एसईई परीक्षाको नतिजाका अनुसार झापा मेचीनगरका १७ सामुदायिक विद्यालयहरुले शत प्रतिशत देखि २० प्रतिशतसम्मको नतिजा निकालेका छन ।
मेचीनगर शिक्षा शाखाले दिएको जानकारी अनुसार मेचीनगर ३ स्थीत जनता माविले १०० प्रतिशत ग्रेडेड नतिजा ल्याउन सफल भएको छ । जनता माविका १४ विद्यार्थीले परीक्षा दिएकोमा सबै विद्यार्थीले ग्रेडेड अङ्क प्राप्त गरेको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै मेचीनगर ५ को वालकल्याण माविको ८४ प्रतिशत, सरस्वती मावि मेचीनगर ४ को ८० प्रतिशत, मेचीनगर १२ स्थीत सरस्वती वालकल्याण माविको ७४ प्रतिशत, शहिद दशरथचन्द मावि मेचीनगर १३ को ७४ प्रतिशत, पशुपति मावि मेचीनगर ४ को ६४ प्रतिशत, पवित्र मावि मेचीनगर १ को ६६.६६ प्रतिशत, वाल सुबोधनी मावि मेचीनगर १४ को ५८ प्रतिशत, धुलाबारी मावि मेचीनगर १० को ५२ प्रतिशत र बलभद्र जनता मावि मेचीनगर ११ को ५० प्रतिशत विद्यार्थीले ग्रेडेड अङ्क प्राप्त गरेको शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै मेचीनगर ८ स्थीत आदर्श माविको ४३ प्रतिशत, कविशिरोमणी मावि मेचीनगर ९ को ४२ प्रतिशत, भानु मावि मेचीनगर २ को ४० प्रतिशत, अरनिको मावि मेचीनगर ७ को ३९ प्रतिशत, मेची जनसाधारण मावि मेचीनगर २ को ३६ प्रतिशत, काकरभिट्टा मावि मेचीनगर ६ को २२ प्रतिशत र ज्यामिरगढी मावि मेचीनगर १५ को २० प्रतिशत ग्रेडेड नतिजा प्राप्त भएको भण्डारीले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै विद्यार्थी संख्या २६८ जनाले एसईई परीक्षा दिएको धुलाबारी माविका १७ जना विद्यार्थीले ए प्लस ल्याएर उतिर्ण भएको धुलाबारी माविका सहायक प्रधानाध्यापक तेज प्रसाद चौलागाईले बताउनु भयो । वहाँका अनुसार एक जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेको छ ।