धुलाबारी, असार १२ । नेशनल प्याब्सन मेचीनगरले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेकाे छ । बिहिबार धुलाबारीमा पत्रकार भेटघाट कार्यक्रममार्फत असारदेखि फागुनसम्म गर्ने विभिन्न कार्यक्रमहरू सूची सार्वजनिक गरेकाे हाे ।
एन प्याब्सन मेचीनगरका अध्यक्ष कबिन्द्र श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा शिव मैनालीले अतिरिक्त क्रियाकलापका बारेमा जानकारी दिनु भयाे । मैनालीका अनुसार असार १३ गते शुक्रबार हेण्ड राईटिङ कम्पिटिसन हुने भएकाे छ । मेचीनगर-९ स्थीत माँ सरस्वती विद्यालयमा आयाेजना गरिएकाे प्रतिस्पर्धामा एन प्याब्सनसंग आबद्ध १६ बिद्यालयबाट ६४ जना विद्यार्थीहरूकाे सहभागिता रहने छ । त्यस्तै साउन महिनामा कविता प्रतियाेगिता र भाषण कलाकाे प्रतियेगिता हुनेछ भने भदाैमा चेस प्रतियाेगिता आयाेजना गरिने एन प्यासन मेचीनगरले जनाएकाे छ ।
त्यस पछिका कार्यक्रमहरूलाई कार्तिकदेखि पुन सुचारू गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयाे । वहाँका अनुसार कार्तिकदेखि फागुनसम्म एथलेटिक्स, फुटवल, भलिवल,नृत्य र नाटक प्रतियाेगिता सञ्चालन गरिने छ ।
त्यसगरी याे बर्षदेखि एन प्याब्सन मेचीनगरले कक्षा ५ काे परीक्षा नगरस्तरीय सञ्चालन गर्ने तयारी गरेकाे उपाध्यक्ष राजेश निराैलाले बताउनु भयाे । वहाँका अनुसार एन प्याब्सन मेचीनगरका सदस्य विद्यालयमा कक्षा ५ काे परीक्षामा एउटै प्रश्न पत्र बनाउने, फरक विद्यालयले उत्तर जाँच गर्ने गरी बाेर्ड परीक्षा गराउने तयारी छ ।
विद्यार्थीहरूकाे अध्ययनकाे गुणस्तर बृद्धिका लागि अन्य शिक्षण सिकाईका काम समेत गर्दै जाने याेजना रहेकाे एन प्याब्सन मेचीनगरका सचिव जिवन कट्टेलले जानकारी दिनुभयाे ।
पत्रकार भेटघाट कार्यक्रममा एन प्याब्सन मेचीनगरका काेषाध्यक्ष दिपेन्द्र प्रधान सहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरूकाे सहभागिता रहेकाे थियाे ।