झापा,असार १ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटमा उत्पादनमूलक क्षेत्र, स्थानीय तह र पर्यटन प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कृषि, उद्योग र सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । । सरकारले कृषि कर्जामा १४ करोड अनुदान दिने तथा पशुपन्छीमा लाग्ने रोग नियन्त्रणका लागि २२ करोड छुट्याएको छ।
उद्योग तथा सहकारी प्रणालीलाई सशक्त बनाउन र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न यो बजेटले सहयोग गर्ने मन्त्री रानाको भनाइ छ।
यसैगरी, प्रदेशभित्रको समावेशी र सन्तुलित विकासका लागि स्थानीय तहलाई एक अर्ब १० करोड रुपैयाँ अनुदान दिइने भएको छ। यसले स्थानीय सरकारको सेवा प्रवाह, पूर्वाधार निर्माण र विकास योजनाहरूलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।
साथै, प्रदेश सरकारले “कोशी पर्यटन वर्ष” घोषणा गर्दै त्यसको सफलताका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यस अन्तर्गत पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिनेछ।
मन्त्री रानाका अनुसार चालु आर्थिक वर्षमा कोशी प्रदेशको अनुमानित आर्थिक वृद्धिदर ३।३ प्रतिशत रहने छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२(८३ का लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । बजेटमा चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।
बजेटको पूर्णपाठ -