बाहुनडाँगी, जेठ ४ । झापाको बाहुनडाँगीस्थीत मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्षमा निरज घिमिरे निर्वाचित हुनु भएको छ । मेचीनगर–४ मा रहेको बाहुण्डाँगी सामुदायिक भवनमा शनिवार सम्पन्न निर्वाचनमा घिमिरेले २०५ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने वहाँका निकटत प्रतिस्पधी टिकाराम सापकोटाले ७८ मत पाउनु भएको थियो । ३८५ मतादाता रहेको उक्त संस्थाका २८५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
दुई बर्षे कार्यकालका लागि गठन भएको समितिमा अध्यक्ष बाहेकका पदहरुमा सर्बसम्मत चयन भएको थियो । संस्थाको उपाध्यक्षमा राजकुमार घिमिरे, महासचिवमा रमेशकुमार दाहाल, सचिवमा विरसकुमार आचार्य र कोषाध्यक्षमा निर्मला सुवेदी सर्बसम्मत चयन हुनु भएको छ ।
कार्यसमिति सदस्यहरुमा भेषराज कट्टेल, पदम शर्मा घिमिरे, डिल्लीराज भारती, पदमबहादुर श्रेष्ठ, कमलप्रसाद ओझा, कमल नेपाल, विष्णुकुमारी बराल, द्रौपदा भण्डारी, इन्दिरा शिवा, उमा वन चयन हुनु भएको छ । कोषाध्यक्ष र ४ जना कार्यसमिति सदस्य महिला नै हुनु पर्ने विधानले नै व्यवस्था गरेको निर्वाचन समितिका संयोजक पोषक कुमार दर्जीले जानकारी दिनु भयो ।
संस्थाको वैशाख २२ गते सम्पन्न छैठौँ साधारण सभाले पोषककुमार दर्जीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिको सदस्यहरु सोमबहादुर आचार्य, विक्रम थापा, भवानी गुरागाई, विवेक तामाङ रहेका थिए ।