काकरभिट्टा, वैशाख २९ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे मेचीनगर समितिकाे सभापतिमा सन्ताेस राजबंशी सर्वसम्मत चयन हुनु भएकाे छ ।
काकरभिट्टामा आज सम्पन्न रास्वपा मेचीनगरकाे प्रथम अधिवेशनले सभापतिमा धुलाबारीका राजबंशीलाई चयन गरेकाे रास्वपा मेचीनगरका निवर्तमान सभापति कमल गाैतमले जानकारी दिनु भयाे ।

अधिवेशनले उपाध्यक्षमा पुरूसाेत्तम काफ्ले, सचिवमा शिशिर पाेखरेल, काेषाध्यक्षमा काजिमान विश्वकर्मा र सहसचिवमा गाेकुल अधिकारी सर्वसम्मत चयन हुनु भएकाे छ ।
त्यस्तै नगरसमितिकाे महिला सदस्यहरूमा सधादेवी खड्का, शुशिला काफ्ले, मैया उप्रेती कट्टेल चयन हुनु भएकाे छ । त्यसैगरी खुला सदस्यमा दिल बहादुर गजमेर, महेन्द्र चाैधरी, गाेपाल बुढाथाेकी र हस्त बहादुर खड्का चयन हुनु भएकाे छ ।

नगर सभापति कमल गाैतमकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि रास्वपाका केन्द्रीय कार्यवाहक सभापति डिपि अर्याल, केन्द्रिय सदस्य डा ताेसिमा कार्की, केन्द्रिय सह प्रवक्ता रमेश प्रसाई, केन्द्रिय सदस्य ज्वाला संग्राैला, प्रदेश महामन्त्री लाल बिक्रम थापा, झापा जिल्लाका कार्यवाहक सभापति प्रकाश पाठक, जिल्ला सहसचिव भिम कुवँर लगायतले रास्वपाले बहुमतकाे सरकार बनाउदा मात्रै जनताकाे पक्षमा काम हुने बताएका थिए ।
काकरभिट्टा खानेपानी समितिकाे सभा कक्षामा सम्पन्न कार्यक्रम प्रेमराज घिमिरेले सञ्चालनमा सम्पन्न भएकाे थियाे ।